झापा । अंग्रेजी भाषा शिक्षकहरुको संस्था नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाले उत्कृष्ठ शाखा घोषित भए वापत प्राप्त पुरस्कारको रकम शैक्षिक गुणस्तरमा नै खर्चेको छ । नेल्टाले प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्बन्धी तीन दिवसीय तालिम सञ्चालन गरेको हो । शिक्षक तथा विद्यार्थीहरूको नेतृत्व गरिरहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु तथा […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाले चालू आर्थिक वर्षको बितेको ९ महिनाको वित्तीय कारोबारको समीक्षा गरेको छ । संस्थाका ६ वटा क्षेत्रीय समन्वय समितिस्तरमा बैशाख १६ गतेदेखि २४ गतेसम्म विभिन्न मितिमा बेग्ला बैग्लै समीक्षा बैठक सम्पन्न गरिएको हो । संस्था अन्तरगतको बचत तथा ऋण ब्यवसाय उपसमितिले आइतबार बिर्तामोडमा वार्षिक बजेट समीक्षा एवम् […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा कक्षा ९ देखी १२ का विद्यार्थी लक्षित नगरप्रमुखसँग विद्यार्थी कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा शिवसताक्षी नगरपालिकाका सामुदायिक तथा संस्थाका गत विद्यार्थीहरुले शिक्षा क्षेत्रमा भएका कमी कमजोरीहरुलाई औल्याइदिएका छन् । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा विद्या सिग्देलले सामुदायिक […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू शनिबार गरिएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । यसअघि अघिल्लो शनिबार १४ देखि १६ […]
झापा । झापा गाउँपालिका वडा ३ टाँघनडुब्बामा रहेको झापा आधारभूत अस्पतालमा आज महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आयोजना गरेको स्वास्थ्य शिविरमा क्यान्सर रोग सम्बन्धी विशेषज्ञ अस्मिता रायमाझीले स्वास्थ्य परीक्षणका लागि शिविरमा […]
काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ। आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिका भित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । खेलमा भद्रपुरका सबै वडाबाट आएका […]
शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, […]
बिर्तामोड । साहित्य चौतारी झापाले विद्यालय तहमा कला, साहित्य र संगीत प्रवर्धन अभियान सुरु गरेको छ । झापा र भोजपुरका १६ वटा सामुदायिक विद्यालयमा एकैसाथ ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु भएको हो । विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई थप प्रोत्साहित गर्न ‘विद्यालयमा साहित्य चौतारी’ अभियान सुरु गरिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । केही महिनादेखि विद्यालयमा यो […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ । महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो । यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी […]