Sajhamanch Archive

इलामको चुलाचुलीमा १७ जना कृषकलाई व्यवसायिक पशुपालन तालिम

Published: in अर्थतन्त्र, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on इलामको चुलाचुलीमा १७ जना कृषकलाई व्यवसायिक पशुपालन तालिम.

चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा दुई दिवसीय कृषि तथा पशुपालन तालिम सम्पन्न गरिएको छ । चुलाचुली गाउँपालिका वडा नं. २ स्थित फूलबारी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र समृद्ध पहाड महिला जागरण संघ इलामाको आर्थिक सहयोगमा उक्त तालिम गराइएको थियो । तालिममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ऋण प्राप्त व्यवसायी र सहकारीमा […]

नवोदयका कर्मचारीलाई उद्घोषण तालिम

Published: in लोकप्रिय, शिक्षा, समाज, सहकारी by . Leave a Comment on नवोदयका कर्मचारीलाई उद्घोषण तालिम.

कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम प्रदान गरेको हो । विष्णुप्रकाश निरौलाले तालिमको सहजीकरण गरेका हुन् । तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष उमानाथ भण्डारीले सहभागीहरुलाई यो […]

पशु प्रजनन सम्बन्धी अन्तरक्रिया बिर्तामोडमा सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on पशु प्रजनन सम्बन्धी अन्तरक्रिया बिर्तामोडमा सुरु.

बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरी २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य […]

स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, by . Leave a Comment on स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !.

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् । सम्बन्धित क्याम्पसका निर्वाचन समितिहरुले सार्वजनिक गरेको परिणाम अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस […]

झापा जिल्ला सहकारी संघको चार दिवसीय ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on झापा जिल्ला सहकारी संघको चार दिवसीय ‘सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी’ सुरु.

झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा चैत ५ देखि ८ सम्म जिल्लाका विभिन्न चार स्थानमा सहकारी संस्था जागरण तथा संरक्षण गोष्ठी सञ्चालन गरिएको हो । चैत […]

माइधारमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण गरिँदै, चैत ८ बाट नवाह ज्ञान महायज्ञ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on माइधारमा लक्ष्मीनारायणको दिव्यदेश निर्माण गरिँदै, चैत ८ बाट नवाह ज्ञान महायज्ञ.

शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बालाजी मन्दिरको स्वरुप र कलाकृतिमा दिव्यधाम निर्माण भइरहेको हो । झण्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक […]

स्ववियू निर्वाचन : झापाका क्याम्पसमा कहाँ कति प्रतिशत मत खस्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on स्ववियू निर्वाचन : झापाका क्याम्पसमा कहाँ कति प्रतिशत मत खस्यो.

झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको हो । आइतबार झापाका १० वटा क्याम्पसमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा ५२ […]

सितारमेश बहुमुखी क्याम्पसमा सर्वपक्षीय बैठक जारी, गणना शुरु भएन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सितारमेश बहुमुखी क्याम्पसमा सर्वपक्षीय बैठक जारी, गणना शुरु भएन.

बुद्धशान्ति । आज भएको स्ववियु निर्वाचनमा सितारमेश बहुमुखी क्याम्पस बुधबारेमा ८१ दशमलव १७ प्रतिशत मत खसेको छ । आज बिहानको पानी झरीमा भिज्दै भए पनि विद्यार्थीहरु मतदानमा सहभागी भएकाले राम्रो मत खसेको हो । मत गणनाका लागि यतिबेला सर्वपक्षीय छलफल भइरहेको छ । मतपत्रमा भेटिने कतिपय संभावित अवस्थाका बारेमा निर्णय गरेपछि मतगणना शुरु हुने जनाइएको […]

एनएमसीका नवप्रवेशी कर्मचारीलाई तीन दिवसीय सेवा प्रवेश तालिम

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी by . Leave a Comment on एनएमसीका नवप्रवेशी कर्मचारीलाई तीन दिवसीय सेवा प्रवेश तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन भएको परीक्षामा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण भएका १५ जना कर्मचारीलाई विभिन्न विषयमा तालिम प्रदान गरिएको हो । चैत २ […]

‘विद्यार्थीहरुको एकता त्रिदेवको गहना’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ‘विद्यार्थीहरुको एकता त्रिदेवको गहना’.

त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. […]