काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेको छ । बोर्डका अनुसार स्तरीकृत परीक्षा प्रणालीमा विद्यार्थीले सिकेर, बुझेर परीक्षा दिनुपर्ने हुन्छ र वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन । बजारमा पाइने गाइड, गेसपेसर जस्ता पुराना प्रश्नपत्रको सँगालोको आधारमा अभ्यास गरी […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा ३० जना महिलाको सहभागिता थियो । तालिमको सहजीकरण कृषि प्राविधिक टंक कट्टेलले गरेका हुन् । सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लैनबहादुर […]
शिवसताक्षी । झापाको त्रिधामले चिनिने शिवसताक्षी नगरपालिकामा पछिल्लो समय विद्यालयको भौतिक सुधार र शिक्षाको गुणस्तरका लागि धेरै कामहरु भएको पाइएको छ । शिक्षाका लागि पहिलो विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले काम गर्दै आएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । अन्य जिल्ला र छिमेकी पालिकाहरुको विद्यार्र्थीहरुलाई पनि शिक्षा आर्जन गर्ने थलो बनाएको शिवसताक्षीमा ३५ वटा सामुदायिक […]
विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दिएको जानकारी अनुसार आज बिहानै विद्यालय जान्छु भनेर ढकाल घरबाट हिँडेको […]
काठमाडौँ । संविधानले नै शिक्षालाई मौलिक हकमा राखेको छ। विद्यालय तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने सरकारी नीति नै छ। तर सोहि क्षेत्रका उच्च शिक्षा विदेशमा हासिल गर्न चाहने विद्यार्थीलाई भने सरकारले कर लगाएको छ। अबदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने ब्यवस्था सरकारले […]
शिवसताक्षी । शिवसताक्षी नगर भित्रको ३४ ओटा सामुदायिक विद्यालय मध्ये भानु मावि लालझोडा छुट्टै पहिचान बोकेको विद्यालयको रुपमा चिनिएको छ । शिवसताक्षी ७ लालझोडामा रहेको भानु माध्यमिक विद्यालयल सामुदायिक विद्यालयको भीडमा भानु कम्प्युटर टेक्निकल विद्यालयको रुपमा चिनिएको हो । यस विद्यालयले कम्प्युटर इन्जिनियरिङका चार ब्याचका विद्यार्र्थी उत्पादन गरी सकेको प्रधानाध्यापक डाम कुमार कुवँरले जानकारी दिए […]
बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख […]
झापा । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण तराई क्षेत्रमा केही स्थानीय तहले विद्यालय विदा दिने निर्णय गरेका छन् । तर ४० डिग्री सेल्सियसको तापक्रम झेलिरहेको बिर्तामोड नगरपालिकामा यो सम्बन्धी निर्णय हुन सकेको छैन । झापाको मेचीनगर नगरपालिकाले दुई दिन, दमक नगरपालिकाले दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गरेका […]
काठमाडौं । सरकारले बजेटमार्फत गुणस्तरीय शिक्षामा आम नागरिकको पहुँच बढाउने र मर्यादित समाजको विकास गर्ने लक्ष्य राख्दै जुनसुकै विषय पढ्नेले शिक्षकको लाइसेन्स लिन पाउने व्यवस्था गरेको छ । गत सोमबार अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ ।’ सबै विषय […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको दोस्रो अधिवेशनले विदुर ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा प्रिसिला राई कोइराला, सचिव रमेश भट्टराई, सहसचिव उमेश दाहाल र कोषध्यक्षमा मदनबहादुर थापा सर्वसम्मत चयन भएका हुन् । यसैगरी सदस्यहरूमा सान्त्वना सापकोटा, रक्षा विश्वास, […]