Sajhamanch Archive

ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं: चन्द्र भण्डारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on ग्यास र विजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं: चन्द्र भण्डारी.

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै […]

इस्टु झापाले प्याब्सन एनप्याब्सनलाई दियो अलिटमेटम

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on इस्टु झापाले प्याब्सन एनप्याब्सनलाई दियो अलिटमेटम.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले संस्थागत विद्यालयको विदा सम्बन्धी मनोमानी अविलम्ब रोकेर विगतका सहमति अनुसार विदा कार्यान्वयनमा ल्याउन प्याब्सन र एनप्याब्सन झापालाई अलिटमेटम दिएको छ । युनियनसँग विदा सम्बन्धी भएका पूर्वसहमति कार्यान्वयनमा लैजान प्याब्सन, एन प्याब्सन नेतृत्व तयार नभए सशक्त आन्दोलनको कार्यक्रम अगाडि बढ्ने इस्टु झापाले चेतावनी दिएको हो । जिल्ला अध्यक्ष […]

शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा

Published: in मिडियाबाट साभार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on शंकरदेव क्याम्पस चिफसहित चार पदाधिकारीको राजीनामा.

काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख, कार्यक्रम निर्देशक तथा उपनिर्देशक लगायतले राजीनामा दिएका छन् । क्याम्पस प्रमुख केशवराज जोशी, सहायक क्याम्पस प्रमुख तथा बीबीएस कार्यक्रम प्रमुख भोजराज ओझा, बीबीएम कार्यक्रम निर्देशक रीता मास्के र बीबीएम कार्यक्रम सहनिर्देशक केशर खातीले राजीनामा दिएका हुन् । क्याम्पस प्रमुख केशवराज जोशीले बिहीबार राजीनामा दिएसँगै एमाले र नेकपा समाजवादी निकट […]

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने सूर्यविनायक मोडल

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने सूर्यविनायक मोडल.

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाले २६ फागुन २०७९ एउटा सूचना जारी गर्यो, ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गर्ने ।’ उक्त सूचनामा सूर्यविनायक नगरपालिकाले आफ्नो सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ लाई उद्धृत गरेको छ । त्यसपछि नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्यांकन समिति गठन गर्नको लागि पनि आवेदन मागेर डा। मनप्रसाद वाग्लेको संयोजकत्वमा […]

दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दूधेमा युवाका लागि आधारभूत पत्रकारिता तालिम सञ्चालनमा.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्य तथा उपप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन […]

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय.

काठमाडौं। सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अब प्रत्‍येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । उनले भनिन्, ‘ शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्‍येक वर्ष असोज २ गते […]

विद्यालयमा मनोमानी बढेकोले रोक्न माग गर्दै अभिभावकद्वारा नगरपालिकामा ज्ञापन पत्र

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यालयमा मनोमानी बढेकोले रोक्न माग गर्दै अभिभावकद्वारा नगरपालिकामा ज्ञापन पत्र.

भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भद्रपुर ९ का पूर्व वडासदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयहरूले सरकारले तय गरेको […]

दमक नगरपालिकाद्वारा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सञ्चालन

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाद्वारा महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सञ्चालन.

दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय […]

शिवसताक्षीका प्र.अ.हरुलाई क्षमता विकास तालिम, शिक्षामा बजेट कटौति नगर्ने नगरप्रमुखको भनाई

Published: in शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीका प्र.अ.हरुलाई क्षमता विकास तालिम, शिक्षामा बजेट कटौति नगर्ने नगरप्रमुखको भनाई.

शिवसताक्षी । झापाको शिवसताक्षीका प्रधाध्यापकहरुलाई दुई दिवशीय क्षमता विकास तालिम प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३६ ओटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शिवसताक्षीको दूधेमा क्षमता विकास तालिम दिइएको हो । तालिममा समग्र विद्यालय सुधारका लागि प्रधानाध्यपकहरुले गर्नु पर्ने कर्तव्य, क्षेत्राधिकार, शिक्षक र विद्यार्थी बीचको अन्तर सम्बन्ध, प्रधानाध्यापक र शिक्षकहरु बीचको प्रशासनिक सम्बन्ध, […]

विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै बाह्रदशी जेसीज.

बाह्रदशी । सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुको अभिभावकत्व बाह्रदशी जेसीजले ग्रहण गरेको छ । विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै उनीहरुलाई विद्यालयमा आवश्यक पर्ने सबैखाले शैक्षिक सामग्री बुधबार हस्तान्तरण पनि गरिएको छ । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी सामग्रीदेखि ब्याग तथा जुत्तासम्म प्रदान गरिएको हो । विद्यार्थीको अभिभावकत्व […]