Sajhamanch Archive

प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा हाल ३४७ जना डेंगु रोगका संक्रमित भेटिए, झापामा २७ जना.

झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय दुई दिने अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र बिहीबार माइपूर्वका आठवटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखाका प्रमुखहरु सहभागी थिए । सेभ द चिल्ड्रेनको आर्थिक र […]

डेंगु नियन्त्रणमा सरकार अग्रसर नभएको स्वास्थ्य विभागको आरोप

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on डेंगु नियन्त्रणमा सरकार अग्रसर नभएको स्वास्थ्य विभागको आरोप.

झापा । नेकपा एमाले झापा जिल्ला कमिटी अन्तरगत स्वास्थ्य तथा जनसंख्या विभागले देशभर डेंगु रोगको प्रकोप बढिरहेको वर्तमान अवस्थामा सरकारले यसको रोकथाम र नियन्त्रणका लागि उचित कदम नचालेको दावी गरेको छ । आज सम्पन्न बैठक पछि विभागीय प्रमुख प्रोमिश गिरीले प्रेसनोट जारी गर्दै नेपाल सरकारले डेंगु रोगको प्रकोप नियन्त्रणमा सन्तोषजनक काम गर्न नसकेको उल्लेख गरेका […]

झापाका तीन अस्पतालमा निःशुल्क डायलासिस सेवा उपलब्ध

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका तीन अस्पतालमा निःशुल्क डायलासिस सेवा उपलब्ध.

झापा । झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् । जिल्लामा […]

मनोमानी सिटामोल खाँदा के हुन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, विविधा, स्वास्थ्य by . Leave a Comment on मनोमानी सिटामोल खाँदा के हुन्छ ?.

काठमाडौं । टाउको दुख्यो, ज्वरो आयो, जोर्नी दुख्यो, आलस्य भयो के गर्ने ? हामीसँग यसको झटपट उपाय छ, सिटामोल खाइदिने । अर्थात् सामान्य बिसञ्चो हुनासाथ हामी सिटामोल चपाइदिन्छौं । न चिकित्सकलाई सोध्नुपर्ने, न कुनै मापदण्ड पालना गर्नुपर्ने । के सिटामोल चकलेट जस्तै मनोमानी खान मिल्छ ? खासमा कस्तो अवस्थामा सिटामोल खान सकिन्छ ? यसले के […]

कनकाईमा रक्तदान, ६३ पिन्ट रगत संकलन

Published: in शिक्षा, समाज, स्वास्थ्य by . Leave a Comment on कनकाईमा रक्तदान, ६३ पिन्ट रगत संकलन.

बिर्तामोड । नेपाल विद्यार्थी संघ कनकाई क्याम्पस इकाई समितिको आयोजनामा आज क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यबाट ६३ जना रक्तदाताबाट ६३ पिन्ट रगत संकलन भएको नेविसंघ कनकाईले जनाएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य एवम् महाधिवेशन प्रतिनिधि छत्र गिरीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा नेविसंघ झापाका अध्यक्ष […]

२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित.

काठमाडौ । पछिल्लो २४ घण्टामा ३ जना कोेरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा गरिएको ४९५४ जनाको नमुना परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१९९ पुगेको छ ।

थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु.

काठमाडौ । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]

कोरोनाबाट दुई जनाको मृत्यु, थप ४५५ मा संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट दुई जनाको मृत्यु, थप ४५५ मा संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। ३०२ जना संक्रमणबाट मुक्त हुँदा दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आइतबार जनाएको छ। मन्त्रालयका अनुसार आज थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभरबाट ४ हजार ८२९ नमूना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]

कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी.

विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन […]

थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । […]