Sajhamanch Archive

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on थप ७८ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३५१५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ५०५ पुगेको छ ।

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

Published: in स्वास्थ्य by . Leave a Comment on खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध.

झापा । नेपालले राष्ट्र सङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ। अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्र सङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि […]

काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो.

झापा । काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ । भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज […]

काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे

Published: in स्वास्थ्य by . Leave a Comment on काठमाडौंमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि, संक्रमित पनि बढे.

काठमाडौं । काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै […]

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे.

काठमाडौं । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा ८ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा २ हजार ९ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने ३ […]

झापामा स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on झापामा स्थायी बन्ध्याकरण गराउनेमा पुरुष न्यून.

झापा । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको […]

एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on एकैदिन ९० जनामा देखियो कोरोनाको संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोनाको संक्रमण देखिएको छ । ३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै […]

थप ४० जनामा कोरोना संक्रमण

Published: in स्वास्थ्य by . Leave a Comment on थप ४० जनामा कोरोना संक्रमण.

काठमाडौं । नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निकोसमेत […]

कसरी लिने क्यू आर कोड सहितको कोभिड खोप प्रमाणपत्र ?

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कसरी लिने क्यू आर कोड सहितको कोभिड खोप प्रमाणपत्र ?.

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालको ६९ प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइएको छ भने ७७ प्रतिशतले कम्तिमा एउटा खोप लगाएका छन् । खोप लगाएपछि सम्बन्धित स्वास्थ्य संस्था वा खोप केन्द्रले खोपको विवरण भएको कार्ड उपलब्ध गराउँछन्। तर खोप केन्द्रबाट प्राप्त उक्त कार्डले खोप लगाएको प्रमाणको रूपमा काम गर्दैन, विशेष गरी विदेश […]

नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत

Published: in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत.

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना सङ्क्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको छैन । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार दक्षिण अफ्रिकामा बीए फोरद्वारा सङ्क्रमितको सङ्ख्या […]