काठमाण्डौ । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि […]
झापा । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् ।
झापा । विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ। अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै […]
काठमाडौं । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन् । शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ । ऐँसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि […]
भद्रपुर । २०२औं विश्व नर्स दिवशको अवसर पारेर भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलले उत्कृष्ट नर्स सम्मान तथा बिरामीहरूलाई फलफूल वितरण गरेको छ । नर्सिङ विभागका प्रमुख निशा पाठकको अध्यक्षता तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष दिपककुमार पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लामो समयदेखि नर्सिङ्ग सेवामा कार्यरत निर्मला बाँस्कोटालाई दोसल्ला ओडाएर कदरपत्रसहित नगद पाँच हजार रुपैयाँ प्रदान गरी […]
काठमाडौं । करिब चार वर्षअघि कार्यान्वयनमा चुनौती देखिएसँगै हटाइएको शिक्षा तथा स्वास्थ्य कर पुनः सुरू गर्न राजस्व परामर्श समितिले सरकारलाई सिफारिस गरेको छ। चालु आर्थिक वर्षको बजेट निर्माणको तयारी चलिरहँदा समितिले केही समयअघि सरकारलाई यस सम्बन्धी प्रतिवेदन नै बुझाएको छ। समितिले यस्तो सिफारिस गरेको स्वीकारे पनि करको दर कति सिफारिस गरिएको भन्नेबारे खुलाउन चाहेन। बजेटअघि […]
काठमाडौँ । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ। स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो। प्रहरीले हिजो सार्वजनिक सूचना […]
सर्लाही । सर्लाहीमा घरदैलोको क्रममा मिठाइ खाँदा तीन जना उम्मेदवार बिरामी परेका छन् । स्थानीय हरिवन नगरपालिका ११ का वडा अध्यक्षय र दुई सदस्य घर दैलोको क्रममा मिठाइ खाँदा बिरामी परेका हुन्। नेकपा माओवादी केन्द्रकोतर्फबाट वडा अध्यक्षका उम्मेदवार शेख इस्तिहार तथा वडा सदस्यका उम्मेदवारद्वय उमा साह र पुर्णिमा कार्की बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना […]