Sajhamanch Archive

खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने.

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। सोही अनुरुप आजदेखि पाँच दिनसम्मका लागि स्कुल खुल्ने भएका छन्। पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन मन्त्रालयले स्कुलहरूलाई […]

देशभरका भण्डार केन्द्रमा ७३ लाख मात्रा खोप र ६१ लाख सिरिन्ज मौज्दात

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on देशभरका भण्डार केन्द्रमा ७३ लाख मात्रा खोप र ६१ लाख सिरिन्ज मौज्दात.

काठमाडौं , सरकारले ७३ लाख मात्रा भन्दा बढी कोरोना भाइरस विरुद्धको खोप देशभरका भण्डार केन्द्रमा स्टक रहेको जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक रहेको छ । त्यस्तै खोप लगाउन आवश्यक पर्ने ६१ लाख […]

उपत्यकाका यातायातमा लगाइएको जोरबिजोर हट्यो, ट्याक्सी र निजी सवारीमा यथावत् , यस्तो छ प्रशासनको १६ बुँदे आदेश

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on उपत्यकाका यातायातमा लगाइएको जोरबिजोर हट्यो, ट्याक्सी र निजी सवारीमा यथावत् , यस्तो छ प्रशासनको १६ बुँदे आदेश.

काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटेको छ। शुक्रबार साँझ तीनवटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरी सार्वजनिक सवारीमा जोरबिजोर हटाएका हुन्। तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा भने जोरबिजोर कायमै राखिएको छ। यसअघि शुक्रबार नै बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन तथा भिडभाड हुने सिनेमा […]

कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू हुने

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम लागू हुने.

कमल । शरीरको आवश्यकता अनुसार पर्याप्त खाना तथा आहार नभएका कारण मानिसमा कुपोषण हुने भएकोले त्यसलाई न्यूनीकरण गर्न पछिल्लो समय सङ्घीय सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमलाई तीब्रता दिएको छ । मानिसको शरीरलाई आवश्यक पर्ने पानी, कार्बोहाइड्रेड, चिल्लो पदार्थ, प्रोटिन, खनिज र भिटामिन आदि आहारामा पाइने प्रमुख तत्व हुन् । यी तत्वहरु दैनिक रुपमा शरीरको आवश्यकता […]

प्रदेश १ मा ६९३ जनामा कोरोना संक्रमित थपिँदा ३२९ जना संक्रमणमुक्त, २ महिलाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६९३ जनामा कोरोना संक्रमित थपिँदा ३२९ जना संक्रमणमुक्त, २ महिलाको मृत्यु.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुरमा १५, इलाम र धनकुटामा ६–६, […]

तेस्रो लहरको क्षतिलाई खोपले रोकेको स्वास्थ्य मन्त्रालयको दावी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on तेस्रो लहरको क्षतिलाई खोपले रोकेको स्वास्थ्य मन्त्रालयको दावी.

काठमाडौं, नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ। सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो। नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत एक वर्षको […]

सीसीएमसीले गर्यो माघ महिनाभर विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on सीसीएमसीले गर्यो माघ महिनाभर विद्यालयमा भौतिक पठनपाठन बन्द गर्न सिफारिस.

काठमाडौं- कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त व्यवस्था लागू हुनेछ। यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो। कोभिड संक्रमणको […]

पत्रकार बिश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको गम्भीर लापरवाही : पत्रकार महासंघ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on पत्रकार बिश्वकर्माको निधन हुनुमा सिभिल अस्पतालको गम्भीर लापरवाही : पत्रकार महासंघ.

काठमाडौ, नेपाल पत्रकार महासंघले पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन हुनुमा अस्पतालको गम्भीर लापरवाही औँल्याएको छ। महासंघले गठन गरेको अध्ययन समितिले सिभिल अस्पतालको लापरवाहीको कारण पत्रकार विश्वकर्माले ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक गरेको हो। ‘त्यो रात करिब साढे १० बजे अस्पताल पुगेका उनलाई करिब चार घण्टासम्म अस्पतालले आकस्मिक कक्षमा राखेर अक्सिजन दिने र सामान्य उपचार गरेको, बिल […]

१९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु.

काठमाडौ, पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १९ हजार ८६९ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा निको हुनेको संख्या ५ हजार ४३२ जना रहेको छ। यससँगै देशभर कोरोनाको […]

निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग असुल्छ मोटो रकम

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग असुल्छ मोटो रकम.

चितवन, सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीसँग पनि पैसा लिएको भए उजुरी गर्नुस् भनी सार्वजनिक सूचना प्रकाशन गरेपछि उपचार गराएका सङ्क्रमितले उजुरी दिएका छन् । आइतबार प्रशासनले सूचना सार्वजनिक गरेपछि कोरोना सङ्क्रमितले बुधबार जिल्ला प्रशासन कार्यालयमा […]