काठमाडौ, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । आज १४१६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । देशभर ७७ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ भने २१६ जना संक्रमणमुक्त भएका छन् । यही अवधिमा २ जनाको मृत्यु भएको छ । प्रदेशभर ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ जना र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका […]
झापा । नयाँ नयाँ भेरियन्टको कोभिड १९ संक्रमण दिन प्रतिदिन फैलिइरहेकाले नेकपा एमाले झापाले सबै किसिमका राजनीतिक, सामाजिक, धार्मिक लगायतका भिडभाड हुने कार्यक्रमहरु हाललाई बन्द गरिदिन आम जनसमुदायमा आग्रह गरेको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी सचेततापूर्वक आफ्नो दैनिक जीवन सञ्चालन गर्न, आ-आफ्नो ठाउँबाट स्वयमसेवी […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा असहज महसुस भएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भएको हो। ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ। सुरुमा एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि ओली दम्पतीले शनिबार पीसीआर परीक्षण गराएका थिए। संक्रमण पुष्टि भएपछि अहिले ओली दम्पती आफ्नो निवास […]
काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल कोरोना संक्रमित भएकी छन् । पारिवारिक स्रोतका अनुसार दाहालको हाल मेडिसिटी अस्पतालको आइसीयूमा उपचार भइरहेको छ । तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमोनिया पनि देखिएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । सीता पिएसपी नामक रोगबाट लामो समयदेखि ग्रसित छिन् । अमेरिकाको नेसनल […]
भद्रपुर । झापाका स्वास्थ्यकर्मीले कोभिड–१९ को विषयमा विभिन्न १४ बुँदै माग राख्दै सरकारलाई ज्ञापनपत्र पठाएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघमा आबद्ध स्वास्थ्यकर्मीहरुले कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समुदायस्तरमै तीब्र रुपमा फैलिइरहेको कारण अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र नियमित तथा महामारी सम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका हुन् […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७०२ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा ४८८ र ४९० जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २२८, सुनसरीमा १८४, झापामा ४२, धनकुटामा ७, इलाम र उदयपुरमा ३–३, […]
काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १०२५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८२१२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०४२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। […]
काठमाडौँ – कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने […]
काठमाडौँ, काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए । उनले केन्द्रीय मेडिकल स्टोर बाराबाट […]