काठमाडौं, सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो । कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा […]
काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ६१८ जनाको पीसीआर परीक्षणमा ८८१५ र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १८८८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। […]
काठमाडौं– यातायात व्यवसायीहरुले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा गरेको छलफलमा व्यवसायीहरुले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्। बरु […]
जनकपुर, मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ । जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । […]
काठमाडौं, कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरू (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १ ले शुक्रबारदेखि आफ्नो भूगोलमा लकडाउन गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. १ अन्तरगत कोरोना रोकथाम नियन्त्रण समितिसहितको सर्वदलीय बैठकले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो । गोलधाप बजारमा रहेको जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित स्थानीय २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दिबारी गाउँपालिका– १ नम्बर वडा […]
झापा । पछिल्लो समय पुनः कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार बिहानको रातिदेखि लागू हुनेगरी धेरै मान्छे भेलाहुने कार्यक्रममा रोक लगाएको छ । प्रशासनको आदेशबाट अबदेखि कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म गर्न पाइने छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसमेतको संक्रमण […]
सांकेतिक तस्वीर विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७७, सुनसरीमा २५४, झापामा १३८, […]
विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज सामाजिक विकास मन्त्री जयराम यादवको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमितहरु बढ्दो क्रममा रहेकाले जिल्ला अस्पतालहरुलाई उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । मन्त्रिस्तरीय बैठकले १४ वटै जिल्ला अस्पतालहरुलाई तयारी अवस्थामा रहनका लागि […]
काठमाडौं– नेपालमा थप १२ हजार ३३८ जना कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २७ हजार ४९७ नमूना परीक्षण गर्दा बिहीबार १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ हजार ७ नमूनाको पीसीआर र ६ हजार ४९० नमूनाको […]