Sajhamanch Archive

नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए.

विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । […]

६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ६८ स्वास्थ्य संस्थाको प्रशासन बन्द गराइदिने बालेनको चेतावनी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका छन् । मन्त्रीले कारबाही सुरु नगरे आफूले नै ती स्वास्थ्य संस्थाको प्रशासन कक्ष बन्द गराइदिने चेतावनी उनले दिएका छन् । विपन्न वर्गलाई कानुन बमोजिम उपचारमा दिएको छुट सुविधाको विवरण महानगरले माग्दा पनि उपलब्ध नगराएका ६८ […]

विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on विषादी प्रयोग गरिएका आँप विराटनगर बजारमा छ्यापछ्याप्ती.

मोरङ। मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन्। सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ। यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ। व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने […]

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे.

झापा। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए । उनले […]

हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम हट्यो

Published: in मिडियाबाट साभार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम हट्यो.

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट […]

शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवगञ्जमा अस्पताल निर्माणले तल्लो भेगका बासिन्दामा खुसीयाली.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगन्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी नगर अस्पताल बनाउने कार्यका लागि थालिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण थालिएको अस्पतालको भौतिक पूर्वाधारको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट करसहित १० करोड ६६ लाख ९३ […]

बिर्तामोडमा ५ जना कुष्ठरोगी थपिए

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा ५ जना कुष्ठरोगी थपिए.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि शंकास्पदहरुको जाँच कार्यलाई निरन्तर अघि बढाइरहेको जनाइएको छ । सो रोगको उच्च जोखिममा रहेको वडा नम्बर १० मा अभियान नै सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल भइरहेको हो । बिर्तामोड वडा नं. १० मा १०१ जना शकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरपालिकाका सिनियर अहेव अधिकृत तथा […]

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान.

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ । सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण […]

कमल गाउँपालिकाले सुरु गर्यो कुष्ठरोगीको खोजी कार्य

Published: in लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाले सुरु गर्यो कुष्ठरोगीको खोजी कार्य.

कमल । कमल गाउँपालिकाले कुष्ठरोगीको खोजी कार्य सुरु गरेको छ । गाउँपालिकाले कुष्ठरागी भएको सम्भावित समुदायमा घरघर पुगेर तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले कुष्ठरोगीको खोज पड्ताल सुरु गरेको हो । कुष्ठरोग खोज पड्ताल कार्यक्रममा प्रत्येक दिन बिहान ८ बजेदेखि स्वास्थ्यकर्मीहरु घरघरमा गई खोज जाँच पड्ताल गरिरहेका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका हुन् । गाउँपालिकाबाट खटिएका […]

कमल गाउँपालिकाको दुईवटा वडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिवीर

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाको दुईवटा वडामा सामुदायिक कुकुरको बन्ध्याकरण शिवीर.

कमल । झापाको कमल गाउँपालिकाले सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरका कारण धेरै समस्या उत्पन्न भएपछि त्यसको न्यूनीकरणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरिएकोे हो । नेपाल एग्री लाईभष्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा शिविर सञ्चालन […]