Sajhamanch Archive

बिर्तामोड १ मा व्याधिक्षमता अभिवृद्वी कार्यक्रम

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड १ मा व्याधिक्षमता अभिवृद्वी कार्यक्रम.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरको आयोजनामा आज भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसँग लड्ने शक्ति दिने औषधी निःशुल्क वितरण गरिएको छ । बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने […]

पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै.

काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह […]

५२ जिल्लामा देखियो डेंगु, यो बर्ष झन् चुनौतीपूर्ण

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on ५२ जिल्लामा देखियो डेंगु, यो बर्ष झन् चुनौतीपूर्ण.

काठमाडौं । गत बर्ष असारदेखि फैलिएको डेंगुको संक्रमण यसबर्ष भने बर्खा नलाग्दै सुरू भइसकेको छ । यसबर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत बर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरुको चिन्ता छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १५ पुसदेखि हालसम्म ५२ जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । महाशाखाका किटजन्य रोग […]

नारायण–संगीताको अनुकरणीय प्रयासः बर्देवा परिवार सहयोगको अपेक्षामा (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on नारायण–संगीताको अनुकरणीय प्रयासः बर्देवा परिवार सहयोगको अपेक्षामा (भिडियोसहित).

झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग युवाको परिवारमा खुसी छरेका हुन् । बिर्तामोडका व्यवसायी नारायण चिमरिया र उनकी पत्नी जेसिजकर्मी संगीता चिमरियाले विवाहको २५औं वर्षगाँठको अवसरमा […]

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु.

काठमाडौं। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जना र १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी १०४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै […]

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित

Published: in मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित.

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत […]

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक.

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी […]

थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित.

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ । काठमाडौं […]

कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन काँकरभिट्टामा उच्च सतर्कता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन काँकरभिट्टामा उच्च सतर्कता.

झापा । नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारत लगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय भूमिमा एक साताभन्दा बढी समय बसेर नेपाल फर्किने खोप कार्ड नभएका नेपाली नागरिकको समेत स्वाब परीक्षण अनिवार्य गरिएको हेल्थ डेस्कका ल्याब […]

सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच २ करोडको डिल (अडियोसहित)

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच २ करोडको डिल (अडियोसहित).

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा […]