Sajhamanch Archive

बिर्तामोडका ४२ परिवारलाई खाद्यान्न सहयोग

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका ४२ परिवारलाई खाद्यान्न सहयोग.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध गराएको खाद्यान्न वितरण गरिएको हो । लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको बिर्तामोड उद्योग वाणिज्य […]

महेन्द्र रत्न माविमा व्यवस्थापन समितिका लागि निर्वाचन

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on महेन्द्र रत्न माविमा व्यवस्थापन समितिका लागि निर्वाचन.

कमल । कमल गाउँपालिका २ समयगढस्थित महेन्द्र रत्न माद्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्वाचन गरिएको छ । हिजो असोज १८ गते सम्पन्न मतदानमा खेमराज श्रेष्ठ (१३८), डिल्लीबहादुर भण्डारी (१३७), दीपाकुमारी पौडेल (१३४) र धनमाया अधिकारी (१३१) मत प्राप्त गरी निर्वाचित भएका हुन् । हिजो निर्वाचित विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा पदेन सदस्यहरुको उपस्थितिमा आज […]

गौराहदमा पनि गठन भयो नेपाल राष्ट्रिय बंगाली समाज

Published: in समाज, स्थानीय तह by . Leave a Comment on गौराहदमा पनि गठन भयो नेपाल राष्ट्रिय बंगाली समाज.

गौरादह । नेपाल राष्ट्रिय बंगाली समाज गौरादह नगर समिति गठन गरिएको छ । गौरादहमा आइतबार बंगाली समुदायको एक भेलाले जया चक्रवर्तीको अध्यक्षतामा गौरादह नगर समिति गठन गरेका हुन् । भेलाले समितिको सचिवमा आशिष स्वर्णकार, सहसचिवमा चन्दन मण्डल र कोषाध्यक्षमा प्रतिभा चक्रवर्तीलाई चयन गरेको छ । त्यस्तै समितिको सदस्यहरूमा रामलाल मण्डल, गोविन्द मण्डल, मानिक मण्डल र […]

कमल गाउँपालकाद्वारा ३५ जना ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालकाद्वारा ३५ जना ज्येष्ठ नागरिक सम्मानित.

कमल । ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवश २०७८ का अवसरमा आज झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच छाता र लौरो दिदै खाता ओढाएर सम्मान गरिएको हो । ज्येष्ठ नागरिकले समाज परिवर्तन र देशको उन्नतीका लागी विभिन्न ठाउँमा रहेर […]

अन्ततः उनी मृत भेटिइन्

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अन्ततः उनी मृत भेटिइन्.

बिर्तामोड । जंगली हात्तीले सुँडमा च्यापेर लगेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । निगुरो टिप्न जंगल गएकी बिर्तामोड नगरपालिका – ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । भद्रपुर नगरपालिका– १० मा पर्ने चन्द्रगढ सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दै गर्दा […]

बालमैत्री स्थानीय तह बनाउन कम्मर कसेर लाग्यो झापाको कमल गाउँपालिका

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on बालमैत्री स्थानीय तह बनाउन कम्मर कसेर लाग्यो झापाको कमल गाउँपालिका.

कमल । कमल गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा अभियानलाई तीब्रता दिएसँगै नागरिकको घर र पसलमा अनुरोध पत्र टाँस गर्ने अभियान सुरु गरेको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषण गर्ने योजना छ । कार्यक्रमलाई सबैमाझ जानकारी दिन […]

दिलमाया स्मृति कप फुटबल सुरु

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on दिलमाया स्मृति कप फुटबल सुरु.

सुरुङ्गा । दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको छनौट खेल मंगलबारदेखि सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल सुरु भएको हो । दुवै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँबाले गरेका हुन् । साँबाकी आमा दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय […]

नेकपा एस शिवसताक्षीको कमाण्ड नविनको हातमा

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on नेकपा एस शिवसताक्षीको कमाण्ड नविनको हातमा.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) शिवसताक्षी नगर कमिटी गठन भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष नविन इजमको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटी गठन भएको हो । पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले नगर कमिटीको घोषणा गरेका […]

बंगुर पालक कृषकलाई कमल गाउँपालिकाको अनुदान

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह, by . Leave a Comment on बंगुर पालक कृषकलाई कमल गाउँपालिकाको अनुदान.

कमल । कमल गाउँपालिकाले बंगुर पालन गर्दै आएका कृषकलाई अनुदान सहयोग गरेको छ । गाउँपालिका वडा नं. ४ का बंगुर पालन गर्दै आएका ५० जना कृषकलाई कृषि पेशामा थप उत्साह थप्ने उद्देश्यले अनुदान सहयोग गरेको हो । गाउँपालिकाले स्थानिय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार, औषधी लगाएतमा ५० प्रतिशत साझेदारीमा २० लाख रुपैया […]

शिवसताक्षी वडा नं. ५ वडा कार्यालय भवनको उद्घाटन

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ५ वडा कार्यालय भवनको उद्घाटन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा वडा कार्यालय भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवन जनता चोकमा उद्घाटन गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि संघीय साम्सद एल.पि.साँवा, शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा उपप्रमुख भोजकुमारी नेपाल ,शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन् । नव निर्मित […]