बिर्तामोड । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशनले यतिबेला गाउँ नगरदेखि मुलुक नै गर्मिएको छ । अस्ति भदौ २७ का लागि निर्धारित गाउँ नगरको अधिवेशन असोज ९ मा सारिएपछि उम्मेदवारहरुको खर्च बढेको छ भने गुट र प्यानलमा विभाजित उम्मेदवारहरुले मतदाता रिझाउन अनेकन तिकडम गरिरहेको सुन्न पाइन्छ । आम चुनावमा रुखको शितल छहारी दिन्छौं भनेर […]
कचनकवल । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवलमा १२१ सदस्यीय जनवर्गीय सङ्गठन समिति सर्वसम्मत चयन गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला, युवक तथा किसान सङ्गठनको गाउँ अधिवेशनले बिहीबार उक्त समिति चयन गरेको हो । कचनकवल गाउँपालिका भित्र रहेका ७ वडामा भदौ मसान्तसम्म वडा अधिवेशनले नामावली छनौट गरेको थियो । बिहीबारको अधिवेशनले धनबहादुर तामाङ् (छोटु)को नेतृत्वमा ३९ सदस्यीय […]
मेचीनगर । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सिङ’ गर्नका लागि २० दिन अघिदेखि प्राविधिक टोलीले सुरु गरेको प्रारम्भिक सर्भेको काम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाले बिर्तामोडको हरियाली सामुदायिक वनदेखि चारआली वन खण्ड हुँदै मागुरमाडी वन मूल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा ‘इलेक्ट्रो फेन्सिङ’ गर्ने लक्ष्यका साथ सर्भे गरेको हो । विद्युतीय तारवार […]
दमक । कारितास नेपालले विपद व्यवस्थापनमा गरेको सहयोगको सरोकारवालाहरुले प्रशंसा गरेका छन् । कारितास नेपाल क्षेत्रीय कार्यालय दमकले बिहीबार दमकमा सरोकारवाला निकायसँग गरेको समीक्षा बैठकका सहभागीहरुले संस्थाको सहयोगको प्रशंशा गरेका हुन् । दमक क्षेत्रीय कार्यालयबाट कोभिड–१९ को समयमा झापा र मोरङका विभिन्न स्थानीय तह र सामुदायिक अस्पतालमा गरेको सहयोग र त्यसबाट नागरिकलाई पुगेको फाइदाका बारेमा […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ । प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांगीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७ औं राष्टिय बाल दिवसको अवसर पारेर १ नं प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो । आज मंगलबार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित समारोहका […]
कमल । राष्ट्रिय बालदिवस २०७८ को अवसरमा आज कमल गाउँपालिकाले विध्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । “सामान्य अवस्थामा वा कोभिड माहामारी, बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका १२ वडा विद्यार्थीहरु सहभागी रहेका थिए । सहभागी विद्यार्थी मध्ये वण्डरल्याङ बोर्डिङ्ग स्कुल कमल ३ की छात्रा […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को समीक्षा गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा झापा उद्योग संघको सभाहलमा आइतबार समीक्षा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नगरपालिकालगायत सबै वडा र विषयगत शाखाहरुका तर्फबाट ०७७÷०७८ मा भएका प्रगति विवरण प्रस्तुत गरिएको थियो । निमित्त प्रशासकीय अधिकृत शान्तिराम भट्टराईले स्वागत […]
कनकाइ । बडा दशैंको अवसर पारेर झापाको कनकाईमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । फुटबलका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने उद्येश्य राखेर कनकाई नगर खेलकुद विकास समितिले वडास्तरीय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । समितिले यस अघि घैलाडुबाको आदर्श माविको खेल मैदानमा, दोस्रो पटक जामुनखाडी सिमसार क्षेत्रमा विभिन्न खेलकुदका कार्यक्रम संचालन गरिसकेको बताइएको छ […]
झापा । बिर्तामोड नगरपालिका भित्र रहेका विद्यालयहरुले आगामी असोज ४ गते देखि भौतिकरुपमा प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न पाउने भएका छन् । बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आइतबार बसेको नगर शिक्षा समितिको बैठकले सबै विद्यालयहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड,विद्यार्थी सिकाई सहजीकरण कार्यढाँचा २०७७ र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको निर्देशिका पुर्णरुपमा पालना […]
इटहरी । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ । ६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरे । उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो । विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको […]