विर्तामोड । झापाका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने भएको छ । जिल्लाको डिसिएमसीको वैठकले भाद्र ११ गतेबाट कक्षा १२ वा सो भन्दा माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुमध्ये परीक्षामा सामेल हुने विद्यार्थीहरुालाई कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको हो । झापाका विभिन्न मावि तथा क्याम्पसहरूमा अध्ययनरत् विद्यार्थीहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन्। कलेजको परिचयपत्र […]
मेचीनगर । झापाको मेचीनगरका क्रियाशील राजनीतिक दलले नगरभित्र लगाईने कोभिड १९ विरुद्घको खोपलाई व्यवस्थित र मर्यादित बनाउन आ—आफ्नो ठाउँबाट साथ सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । डीसीएमसी झापाको भदौ ८ गतेको निर्णय अनुसार कोभिड १९ विरुद्घको भेरोसिल दुई डोजको एक भाएल दोस्रो मात्रा खोप अभियान भदौ ११ गते विहीबारबाट शुरु हुदैं छ । भदौ […]
मेचीनगर । पुरातत्व विभागले आज बिहीवार मेचीनगर ५ र ८ मा रहेको पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ । मेचीनगरका जनप्रतिनिधि तथा स्थानिय बासिन्दाको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अबलोकन गरेको हो । पुरातत्व विभागका उपसचिब संदिप खनालको नेतृत्वको टोलीले पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गरेको हो । टोलीमा लक्ष्मण लम्साल, नबिन […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाको वडा नं. १ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले उक्त भवनको रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन क्रममा बोल्दै मेयर शेर्माले शिवसताक्षी वडा नम्बर १ सँगै ३,४ र ५ वडाका भवन निर्माण कार्य सम्पन्न भइसकेको बताए । उनकार्यालयले नगरपालिका आर्थिक अनुशासन र वित्तिय […]
बुद्धशान्ति । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त पहलमा आज राहतस्वरु खाद्यान्न वितरण गरिएको छ । सो गाउँपालिका भित्रका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको हो । झापाको चर्चित सामाजिक अभियान ‘एकका लागि एक’का सहसंयोजक बिनोद वस्नेतको प्रमुख आतिथ्यतामा […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारवार (इलेक्ट्रो फेन्सिङ) निर्माण गर्ने भएकोे छ । चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्मको ५७ दशमलव ७ किलोमिटरमा इलेक्ट्रो फेन्सिङ गर्ने तयारी भएको हो । आज मेचीनगर नगरपालिकाको सभाकक्षमा सम्पन्न अन्तरसंवादबाट उक्त प्रयास थालिएको हो । मानव हात्ती द्वन्द्व व्यवस्थापन लागि भएको […]
शिवसताक्षी । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ । झापामा भदौ ११ देखि १३ […]
कमल । झापाको कमल गाउँपालिकाले नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भएकोले छुट्टै नगरपालिका बन्न सक्ने दावीसहित संघीय मामिला मन्त्रालयमा पत्राचार गरेको छ । केही दिन अगाडि दमक नगरपालिकाले कमल गाउँपालिकालाई मिलाएर दमक उपमहानगरपालिका बनाउनका लागि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको समाचार सार्वजनिक भएको थियो । दमक नगरपालिकाको यस्तो पत्र सार्वजनिक भएपछि […]
झापा । झापाका स्थानीयतहमा सबै भन्दा बढी बेरुजु कचनकवल गाउँपालिका र सबैभन्दा कम बेरुजु शिवसताक्षी नगरपालिकामा देखिएको छ । महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको छ । कचनकवलको कुल लेखा परिक्षण रकम १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको […]
बाह्रदशी । एक दशक अघि निर्माण थालनी भएर आधा काम पछि अलपत्र परेको बाह्रदशी ६ स्थित हाम्रो बाह्रदशी अपाङ्गता अभियानको सामुदायिक भवन आर्थिक स्रोतको अभावले निर्माण अलपत्र बन्दा जीर्ण बन्दै गएको अवस्थामा पाइएको छ । २०६८ सालबाट निर्माण थालिएको सो भवन आवश्यक रकम जुटाउन नसकेपछि आधा काममा अलपत्र परेको हो । बाह्रदशी गाउँपालिका क्षेत्रका ५०० […]