शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले आज बजार अनुगमन गरेको छ । शिवसताक्षीका मुख्य बजार दूधे, झिलझिले, माइधार र डुडामारी बजार अनुगमन गरिएको हो । कोभिड १९ का कारण जिल्लाको डिसिसिमएसीको बैठकले पूर्ण रुपमा स्वास्थ्य समाग्री प्रयोग गरी दुई चरणमा बजार खुल्ला गर्ने निर्णय गरेसँगै नगरपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत गीतकुमारी […]
बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले बन्दाबन्दीका कारण खाद्यान्न अभावमा परेका अपाङ्गता भएका यहाँका अति विपन्न परिवारका लागि १० बोरा चामल र २ बोरा दाल वितरण गरेको छ । बन्दाबन्दीले भोकमरीमा परेका ५० जना अपाङ्गता भएका व्यक्तिको तत्काल गाँस जुटाउन जेसीजले हाम्रो बाह्रदशी अपाङ्गता अभियानका संयोजक सन्तोष सुवेदीलाई दाल र चामल हस्तान्तरण गरेको हो । प्रस्तावित […]
धरान । धरान उपमहानगरपालिकामा भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । आज बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् । सोमबार उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलीय सर्वपक्षीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस […]
झापा । झापामा सवारी दुर्घटना तीन गुणाले बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी […]
बिर्तामोड । झापामा भदौ १ गतेबाट निषेधाज्ञा खुकुलो हुने भएको छ । डीसीसीएमसीको आज सम्पन्न बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ । यता भेरै भीडभाड हुने खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरिएको छ । पूर्ण स्वास्थ्य […]
झापा । झापास्थित बिर्तामोड उद्योग वाणिज्य संघले घर बहाल र व्यवसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वको टोलीले आज बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा राजश्व परामश समितिकी प्रमुख पवित्रा महतरा प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो । अहिलेको अवस्थामा बैंकको व्याज, घरभाडा तथा […]
झापा । झापाको एउटा स्थानीय तहले प्रहरीलाई जरिवानाबाट आएको रकमको ४० प्रतिशत प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । अर्जुनधारा नगरपालिकाको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । नदीजन्य सामग्रीको उत्खनन् र ओसारपसारमा यहाँ सँधै विवाद हुँदै आएको छ । प्रहरीले नदीजन्य सामग्री ओसारपसार गर्ने सवारी साधनलाई प्रभावमा परेर नियन्त्रणमा लिन नसक्ने अवस्था नआओस् […]
झापा। झापामा सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । झापास्थित बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे १० बजे प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका स्कुटर चालक […]
झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम […]
पाँचथर । पाँचथरका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आ.वको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई […]