बिर्तामोड । बिर्तामोड नगरपालिका साउन १३ गते बुधबार राति १२ बजेदेखि शिल गरिने जनाइएको छ । कोरोना संक्रमितको संख्या दैनिक ५० जनाभन्दा बढी थपिन थालेपछि नगरपालिकामा आइतबार बसेको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको बैठकले नगरपालिका क्षेत्र साउन २० गते बुधबार राति १२ बजेसम्मको लागि शिल गर्ने निर्णय गरेको हो । बैठकले […]
दमक । कोरोना संक्रमण दर बढ्दै गएपछि झापाको दमक नगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको बैठकले श्रावण ११ गते विहान देखि १७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको बताए । दमकमा मानिसको […]
बिर्तामोड । झापामा लकडाउन खुुकुलो भएसँगै पालिकाहरुमा कोरोना भाइरसको सक्रमण दर बढ्न थालेको छ । संक्रमण दर बढेको भन्दै कनकाई नगरपालिकाले श्रावण १६ गतेसम्म शिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको हो । नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय […]
मोरङ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी […]
हल्दिबारी । हरेक वर्ष आउने आफ्नो जन्मदिनलाई तपाईं कसरी स्मरणीय बनाउनु हुन्छ ? कतिपयले ठूला होटलमा साथीभाइ भेला गरेर केक काट्तै स्याम्पेन र ह्ेवीस्कीमा मनोरञ्जन गर्नुहोला । कतिले मिठाई बाँडेर शुभकामना लिनुहोला भने कतिले चाहिँ फलफूलका विरुवा रोप्नु होला । जन्म दिनलाई हरेक मानिसले यसरी नै केही न केही गरेर सम्झन लायक बनाउने गरेका छन् […]
बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा थप २ सय ५२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसबाट बुधबार ४ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । बुधबार सबैभन्दा धेरै बिर्तामोडमा ५०, दमक ४८ र बुद्धशान्तिमा ४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, कोरोनाबाट ज्यान गुमाउनेहरुमा बुद्धशान्ति,शिवसताक्षी १÷१ […]
शिवसताक्षी । झापा शिवसताक्षीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी न.पा. ११ का ६० वर्षीय सिंहबहादुर तामाङ्गको कोरोना संक्रमणबाट आज विहान उपचारको क्रममा मृत्यु भएको हो । तामाङ्गलाई श्रावण २ गते एन्टिजेन्ट पोजेटिभ देखिएको नगरका कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । नगरको कोभिड अस्पतालमा उपचार गरी मेची अञ्चल अस्पताल […]
विराटनगर । मोरङ व्यापार संघले आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड–१९ का कारण प्रभावित विपन्न तथा असहाय वर्गहरुलाई वितरण गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग […]
झापा । लामो दुरीका सवारीसाधनले तोकिएको भन्दा बढी भाडा लिएको भन्दै कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र यातायात ब्यवस्था कार्यालय मेचीको संयुक्त टोलीले मनपरी भाडा असुल्ने सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अन्तर प्रदेश चल्ने सवारी साधनले तोकिएको दर भन्दा बढी भाडा लिएको भन्ने गुनासो आएकाले सवारी जाच गरिएको जिल्ला […]
झापा । मेची अस्पताल भद्रपुरका चिकित्सकहरूले सोमबार बिहानदेखि सम्पूर्ण सेवा ठप्प पारेका छन्। अस्पतालका डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेको भन्दै चिकित्सकहरूले सम्पूर्ण सेवा ठप्प पारेका हुन्। चिकित्सकमाथि हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने चिकित्सकहरूको अडान छ । आइतबार बेलुका करिब ५ बजे हल्दिबारीका पुष्पराज निरौलाले श्रीमती कञ्चनलाई उपचारका लागि मेची […]