बिर्तामोड । प्रतिबन्धित ब्राउनसुगरसहित इलामका एक व्यक्ति बिर्तामोडबाट पक्राउ परेका छन् । हिजो साँझ ५:३० बजे अर्जुनधारा नगरपालिका वडा नं ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका वडा नं ८ तिलकेनी बस्ने ३० वर्षिय दावा तामाङलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्ने क्रममा १३ ग्राम ८३० मिलिग्राम ब्राउनसुगरसहित […]
झापा । झापाको शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताइन् । उनी आफैँले पालेको ४० घार मौरी मरेको छ । बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । […]
झापा । कोरोना महामारीको संक्रमणदर कायम नै भएकाले सरकारले लगाएको निषेधाज्ञा केही मात्रामा खुकुलो भए पनि झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ । साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको […]
झापा । झापाको कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ । धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो । केन्द्रमा […]
झापा। एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ । लामा लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने देखिएको स्मरण गर्दै प्रसाई परिवारले आफ्ना शुभेच्छुक शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध गरेको हो । नेता प्रसाईको असार २५ गते […]
झापा । लगातार वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको सहयोगमा निर्माण भएको सो पुल ७५ दशमलव ४५ मिटर लामो रहेको छ । सो पुल वर्ष […]
झापा । विभिन्न रोग र दुर्घटनाबाट पडित भई उपचाररत बिर्तामोड ८ का १७ जना गम्भिर बिरामीहरुलाई वडा कार्यालयले राहत रकम वितरण गरेको छ । वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरुको टोलीले पिडितहरुको घरघरमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो । पिडितहरुको औषधी उपचार सहजताका लागि ५ हजार रुपैँयाका दरले १७ परिवारलाई सहयोग गरिएको वडाध्यक्ष कार्कीले […]
मेचीनगर । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण निर्वाह गर्ने विभिन्न संघ संस्था, राजनीति दल, खेलकुदको माध्यमबाट सिङो मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरु, नगरका विभिन्न वडाका कोभिड १९ […]
झापा । झापास्थित बुद्धशान्ति गाउँपालिकामा आगलागी भएको छ । बुद्धशान्ति ३ को चर्चाबारीमा श्रीप्रसाद चिमरियाको गोठमा आगलागी हुँदा करिव २ लाख ५० हजार बढिको क्षति भएको प्रहरीले जनाएको छ । गएराती करिब १० :४५ बजे आगलागी भएको थाहा पाएर झन्डै डेढ घन्टामा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी हालसम्म के कारण […]
झापा । झापा गाउँपालिका–१ मिलन बस्तीमा कन्काई नदीको बाढी पस्दा ८४ घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार अविरल वर्षापछि कन्काईमा आएको बाढीले सिंगो गाउँ नै डुबानमा परेको हो । प्रहरीका अनुसार मिलन बस्तीस्थित सतार गाउँमा ठूलो माई खोलाको बाढी पसेको हो । बाढीको पानी घर–घरमा पसेको छ । बाढी प्रभावित परिवारलाई […]