Sajhamanch Archive

साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार

Published: in समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on साहित्यकार ओलीलाई दीर्घ साहित्य सेवा पुरस्कार.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समितिले पहिलो पटक प्रदान गर्न लागेको ‘अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार– २०७८’ बाट झापाका अगुवा साहित्यकार सरोज ओली सम्मानित हुने भएको छन् । नगद ५१ हजार रुपैयाँ सहित ताम्रपत्रबाट पुरस्कृत व्यक्तिलाई सम्मान गर्न लागिएको भाषा, कला, साहित्य तथा सँस्कृति प्रवद्र्धन समिति, अर्जुनधाराकी संयोजक सुशिला सुबेदीले […]

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरीले २० करोड घुस मागेको निर्देशक प्रसाईंको आरोप

Published: in समाज, स्थानीय तह by . Leave a Comment on चिकित्सा शिक्षा आयोग उपाध्यक्ष गिरीले २० करोड घुस मागेको निर्देशक प्रसाईंको आरोप.

झापा। झापास्थित बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुनसमेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घुस मागेको बताएका हुन् । उनले भने, ‘गिरी कानुनअनुसार आयोगका […]

पानीको उचित निकास नहुँदा भद्रपुरका सडक डुब्दै

Published: in समाज, स्थानीय तह by . Leave a Comment on पानीको उचित निकास नहुँदा भद्रपुरका सडक डुब्दै.

भद्रपुर । केही दिनयता निरन्तरको वर्षापछि भद्रपुर नगर क्षेत्रका अधिकाम्स भित्री सडक तथा वस्ती पानीको डुवानमा परेका छन् । नगर सरकारले सडक विस्तार तथा स्तरीकरण गर्दा समेत पानीको निकास सहज हुने गरी नालीको प्रवन्ध गर्न नसक्दा अधिकाम्स वस्ती र सडक डुवान झेल्न बाध्य भएका हुन् । भद्रपुर नगर क्षेत्रमा सघन सहरी विकास तथा नगर कोष […]

बिर्तामोड नगरपालिकाद्वारा कृषक समूहलाई मेसिन औजार वितरण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाद्वारा कृषक समूहलाई मेसिन औजार वितरण.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका व्यवसायिक कृषक तथा कृषक समूहलाई मेसिन औजार, कृषि सामग्री, विषादी एवम् विउ बोको हस्तान्तरण गरेको छ । बिर्तामोड नगरपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुरुप उक्त सामग्री प्रदान गरिएको हो । कृषि विकास शाखाका प्रमुख राजेन्द्र कडरियाका अनुसार व्यवसायिक […]

कमल गाउँपालिकामा प्रशासनिक भवनको उद्घाटन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा प्रशासनिक भवनको उद्घाटन.

कमल । १ नम्वर प्रदेशका सुशासन तथा योजना सभापति अर्जुन राईले झापाको कमल गाउँपालिका वडा नम्वर ५ को प्रशासनिक भवनको एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । सभापति राईले उक्त भवन २०७७ साल बैशाख २७ गतेका दिन आफैले शिलान्यास गरेका थिए । स्थानिय चिन बहादुर कार्की र चन्द्रकला कार्कीले विशुलक उपलब्ध गराएका १७ धुर जग्गामा […]

जनमुखी कार्यक्रम ल्याएको कमल गाउँपालिकाको दावी

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on जनमुखी कार्यक्रम ल्याएको कमल गाउँपालिकाको दावी.

कमल । कमल गाउँपालिकाले जन मुखी नीति तथा कार्यक्रम ल्याएको दावी गरेको छ । नवौ गाउँसभाबाट पारित गर्दै गाउँपालिकाले जनमुखी कार्यक्रम ल्याएको दावी गरेको हो । नीति तथा कार्यक्रममा सुख्खा यामको ४ महिनाको (फागुन, चैत,बैशाख र जेठ) कृषकहरुको बिजुली बिलको ५०% गाउँपालिकाले भुक्तानि गरिदिने समेत समेटिएको छ । एक घर एक पशु विमा कार्यक्रम अन्तर्गत […]

झापाका दुई गाउँपालिकाले नागरिकको विद्युत् शुल्क तिरिदिने

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on झापाका दुई गाउँपालिकाले नागरिकको विद्युत् शुल्क तिरिदिने.

झापा । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले […]

ट्याक्टरको ठक्करबाट दुई जना घाईते

Published: in समाज, स्थानीय तह by . Leave a Comment on ट्याक्टरको ठक्करबाट दुई जना घाईते.

सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ आउदै गरेको को १ त ७३८५ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट जाँदै गरेको को १९ प ४८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सुनसरी बर्जु ६ का १९ बर्षीय सुमन यादव र पछाडी सवार सोही […]

मोरङको केराबारीमा कोरोना संक्रमितको संख्या बढ्यो

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मोरङको केराबारीमा कोरोना संक्रमितको संख्या बढ्यो.

मोरङ । बैशाखको अन्तिम सातातिर मोरङको केराबारी–९ कुसुमे टोलमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ । करिब डेढ महिना बितिसक्दा पनि टोलबाट संक्रमणको रोकथाम हुन सकेको छैन । बरु संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढिरहेको छ । बेलबारी बजारदेखि नजिकै रहेको कुसुमे टोलमा करिब दुई सय घर परिवार छन् । शहरमा संक्रमितको संख्या घट्दै गएता पनि […]

कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा शिक्षक सम्मानित.

कमल । उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै कमल गाउँपालिकाको नवौ गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाको नवौं गाउँ सभाको तेस्रो दिन गाउँपालिका भित्रबाट छनौटमा परेका उत्कृष्ट कर्मचारी र शिक्षकलाई सम्मान गर्दै विभिन्न विधेयक पास गरेको हो । उत्कृष्ट कर्मचारीतर्फ योजना शाखाका अधिकृत रामचन्द्र गजुरेललाई नगद २० हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको […]