भद्रपुर । अनेरास्ववियु भद्रपुर नगर कमिटीले ५ बुँदे माग राख्दै भद्रपुर नगर सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नगर कमिटीका इन्चार्ज सरोज ढकाल तथा संयोजक पवन धमला नेतृत्व टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई नगरको वजेट मै समेटेर शिक्षण सुधार कार्यक्रम ल्याउन माग राखी ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा नगर सरकारले कम्तीमा २० प्रतिशत रकम […]
झापा । झापाको दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले जनाए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको […]
कमल । कमल गाउँपालिका वडा नम्वर २ स्थित ढ्याङग्रे खोलामा पक्की पुल निर्माणको काम सम्पन्न भए सँगै वर्षैभरी यातायात सञ्चालनमा सहज हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ स्थित क्याम्पा र समायगढ बजारको बिचमा पर्ने ढ्याङग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समायगढ बजार बिच आवतजावत बन्द हुन्थ्यो । पुल निर्माणको काम सम्पन्न […]
झापा । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९)का कारण गत वैशाख २२ गते १२ बजे रातीदेखि बन्द रहेका पूर्वी नेपालका मुख्य बजारहरू आजबाट खुल्न थालेका छन्। झापा, मोरङ तथा सुनसरीका मुख्य बजारहरू मध्यान्ह १२ बजेसम्मका लागि खुल्ला गरिएको छ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञा जिल्लाहरूमा अहिले पनि […]
कमल । नेपाल शिक्षक महासंघ कमल गाउँ समितिले विभिन्न माग राखी कमल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । गाउँपालिकामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेसागत हक–हित संरक्षण तथा कोभिड १९ बाट सिर्जित विषम परिस्थितिमा विद्यालयको पठनपाठन प्रक्रिया सञ्चालनसँग सम्बन्धित विभिन्न १८ बुँदै माग राखी ज्ञापनपत्र बुझाइएको हो । कमल गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई प्रविधि सम्बन्धी […]
झापा । अबको बजेटमा आफुहरुका मागहरु समेट्नु पर्ने भन्दै बिर्तामोडका युवाले आवाज उठाएका छन् । मुलुकको समग्र जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि युवा नीति तथा कार्यक्रम ल्याउनु पर्ने भन्दै राष्ट्रिय युवा संघ बिर्तामोड नगरकमिटिले नगरपालिकालाई ध्यानाकर्षण गराएको हो । बिभिन्न समयमा भएका क्रान्तिहरुमा युवाहरुको ठूलो योगदान भए पनि अन्तत उनिहरु बिदेशिन बाध्य भएकोले […]
कमल । कमल गाउँपालिका वडा नम्वर १ स्थित लाफादी खोलामा ट्रष्ट पुल निर्माणको काम सम्पन्न भएको छ । वडा नम्वर १ स्थित सरङ्गपाडा बजार र लाफादी गाउँको बिचमा पर्ने लाफादी खोलामा ट्रष्ट पुल निर्माणको कार्य सम्पन्न भएको हो । पुल नभएका कारण समस्या भोग्दै आएका यहाँका स्थानियलाई पुल निर्माण भएपछि वर्षाका समय खोला तर्न सहज […]
बिर्तामोड । झापामा जारी निषेधाज्ञा असार १४ गतेसम्मलाई थप गरिएको छ । । सोमबार बसेको डिसीसीएसीको बैठकले साविको निषेधाज्ञालाई केही खुकुलो पार्दै थप गर्ने निर्णय गरेको हो । बैठकले सार्बजनिक सवारी र मोटरसाइकल चलाउन भने रोक लगाएको छ । पार्टी, भेला, समारोह भने पूर्ण रुपले गर्न नपाइने भएको भने ब्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्म […]
पाँचथर । कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर एक शिक्षकको ज्यान गएको छ । याङवरक गाँउपालिका २ फलैचामा रहेको इन्द्रावती प्राविमा पढाउने ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको सोमवार बिहान ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए। चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । उनको घटनास्थलमै ज्यान गएको हो […]
शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ११ राजमार्ग उत्तर दूधे खोलामा तटबन्ध निर्माण गरिएको छ । वर्षा याममा वर्षेनी आउने भेलले कटान गरी धान खेत खोलामा परिणत गरेपछि सो स्थानमा १ सय ८ मिटर तटबन्ध निर्माण गरिएको हो । शिवसताक्षी नगरपालिकाको १३ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ७ गरी १५ लाख ५७ हजारमा उक्त […]