झापा । कनकाई नगर बाल सञ्जालले कनकाई नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टकालागि २४ हजार ५ सय नगद सहयोग हस्तान्तरण गरेको छ । नगर बाल सञ्जालले हाल अष्ट्रेलियामा रहेका पूर्वअध्यक्ष नविन गौतम र निवर्तमान अध्यक्ष हिमांशु उप्रेतीसहितको सहयोगमा वर्तमान कार्यसमितिले संकलन गरेको रकम कनकाई नगरपालिकाको कार्यालयमै गएर नगर प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेको हो । […]
झापा । झापाले निषेधाज्ञा उल्लंघन गर्ने एक यात्रुवाहक बसलाई जिल्ला प्रशासन कार्यालय कार्वाहीस्वरुप जरिवाना तिराएको छ । हिजो बिहान ६:३० बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं।को यात्रुवाहक बसलाई दमक ४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोष्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भगाएको थियो । त्यसपछि उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी […]
झापा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डमा जग्गा मुआब्जा समस्या देखिएको छ । रेल्वे प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण तथा वितरणमा समस्या भएको जनाएको हो । संवाद समूह प्रदेश १ ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै रेल्वे प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद […]
शिवसताक्षी । झापा शिवसताक्षीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ४ निवासी सिटौला थरका ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको १४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दमकको आम्दा अस्पतालमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा कोरोना संक्रमितको संख्या २७२ पुगेको छ । जसमा ५६ महिला र ७५ पुरुष गरी १३१ जना सक्रिय संक्रमित रहेका छन् भने ७३ महिला र ७५ पुरुष गरी १४८ जना निको भएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षीमा कोरोना भाइरसबाट हालसम्ममा ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी शिवसताक्षी […]
कमल । नेपाल विद्युत प्राधिकरण दमक शाखाको लापर्वाहीका कारण कमल गाउँपालिका वडा नम्वर ३ का स्थानिय वासी समस्यामा परेका छन् । विद्युतको पोल ढलेर तार जतासुकै लत्रिएको छ । पोल ढलेर कुनैपनि बेला घरमा क्षती पुर्याउन सक्छ । कतिपय तार त माटोमा पुरि सकेका छन् । दुई वर्ष देखिएको यो समस्या अहिले सम्म पनि जस्ताको […]
झापा । सयौंको संख्यामा बिरामीहरू उपचारका लागि दैनिक आउने झापाको मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । पर्याप्त सुविधा अभावका कारण अस्पताल ओझेलमा परेको हो । यस अस्पताललाई स्तरवृद्धि गरी मेचीनगरको सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् […]
झापा । कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन् । मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन् । व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित बनेका हुन् । वैशाखमा निषेधाज्ञा लाग्नु अघिसम्म मकै प्रतिक्विन्टल दुई हजार चार सयमा बिक्री हुने गरेको थियो । […]
झापा। दक्षिणी झापामा अवस्थित कचनकवल गाउँपालिकामा सर्पदंशबाट फेरि एकजनाको मृत्यु भएको छ । साविक बालुवाडी गाविस हाल कचनकवल ७ खेरिबारी निवासी ४३ बर्षीया रामकुमारी कुँवरको विषालु सर्पको डसाइबाट शनिवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । एक साताभित्रै कचनकवल गाउँपालिकामा विषालु सर्पको डसाइबाट दुई जनाको ज्यान गएको हो । […]
झापा । झापाको बिर्तामोडका एक दम्पतिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षिय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यसको एक सातापछि हिजो शनिबार उनकी श्रीमती ५६ वर्षिया संगीता बस्नेतको मृत्यु भएको […]