झापा । प्रेस क्लब हल्दिवारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को जोखिमसंगै झापाका ब्लड बैकहरुमा रगतको अभाव भएपछि प्रेस क्लब हल्दिवारीको आयोजनामा भएको रक्तदान कार्यक्रममा झापा क्षेत्र नम्बर ३ का पुर्व सांसद राजेन्द्र लिङ्गदेन सहित ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए। हल्दिवारी गाउँपालिका ४ स्थित मंगलबारे बजारमा रहेको क्लबको कार्यालयमा आयोजना […]
बिर्तामोड । झापामा आज २०३ जना संक्रमित डिस्चार्ज भएका छन् । त्यस्तै आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ सय २७ पुगेको छ । जिल्लामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १ महिला सहित ७ जनाको मृत्यु भएको हो । स्वास्थ्य […]
झापा । झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व वस्तीमा राहत लिएर विद्यार्थी संगठन पुगेका छन् । चामाल, दाल,खानेतेल, साबुन, नुन, लगायतका अत्यावश्यक खाद्य सामाग्री लिएर गन्धर्व वस्तीमा कचनकवल गाउँपालिका कमिटी अनेरास्ववियु पुग्दा स्थानीय खुशी भएका छन् । शनिबार ४५ घर परिवारलाई ७० हजार बढीको सामाग्री बितरण गरिएको संगठनका केन्द्रिय सदस्य रोशन लामाले बताए । जिल्ला समन्वय […]
झापा । पछिल्लो २४ घण्टामा झापामा तीन सङ्क्रमितको ज्यान गएको छ । अस्पातलका कोभिड फोकल पर्सन डम्बर मोतेका अनुसार आज बिहान साढे ४ः०० बजे मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए । यसअघि बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ः०० बजे दमक–८ की ७० वर्षीया […]
झापा । जनता समाजवादी पार्टी (जसपा) का नेता केवलराम राईले स्थानीय एक महिला र खानेपानी कर्मचारीलाई कुटपीटको आरोपमा पक्राउ परेका छन् । जनता समाजवादी पार्टी प्रदेश नं. १ सदस्य राईलाई मेचीनगर–६ रमाइलो बस्तीकी २६ बर्षीय लक्ष्मी लिम्बू र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत कर्मचारी धिरेन सुब्बामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिहीबार साझ पक्राउ […]
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमा पुगी निशुल्क एन्टिजेन परीक्षण जाारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार हालसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएकाले उपमहानगरको स्वास्थ्य टोली समूदायमै […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले तयार गरेको कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भएको छ । कोरोना भाइरसको पहिलो चरणको लहर मै नगरपालिकाले कोभिड अस्पताल तयार गरे पनि संक्रमितहरु होम आइशोलेसन मै बस्न रुचाएको कारण कोभिड अस्पताल सुनसान बनेको थियो । कोभिड अस्पतालका विहीबार तीन जना संक्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले जानकारी दिए […]
झापा । बिर्तामोड नगरपालिकाले नगर अस्पतालका लागि बिमा कार्यक्रम अन्तर्गतको फार्मेसी सञ्चालनका लागि प्रक्रियासंगत तरिकाले शिलबन्दी दर भाउ पत्र आव्हान गरेको जनाएको छ । नगरपालिकाले २०७८ साल बैशाख २३ गते सार्वजनिक सुचना जारी गर्दै मितिले १६ औँ दिनको १२ बजे भित्र इ विल्डिङ्ग माध्यमबाट वार्षिक न्युनतम १२ लाख (मुल्य अभिवृद्वी कर बाहेक) शिलबन्दी दरभाउ पत्र […]
झापा । झापामा पुनः निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । बैठकमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि सहभागी छन् […]
इलाम । इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेको छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई /दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०/१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् । बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेको सहयोगलाई समन्वयकारी भूमिका निर्वाह गरिरहेको […]