शिवसताक्षी । शिवसताक्षी नगरपालिकालाई लुथरन सामुदायिक कल्याण समाज रंगेली मोरङ्गले स्वास्थ्य सामग्री प्रदान गरेको हो । नगरप्रमुख चन्द्रकुमार शेर्मालाई फेडेरेसनले १० थान पिपिइ सेट, एन्टिजेन किट ३० थान, भिटिएम किट ५० थान, सर्जिकल माक्स ५ सय थान प्रदान गरेको नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले बताए । विमलीका अनुसार सेनिटाइजर १० लिटर, ल्गोव्स, २ सय […]
झापा । मोरङको उर्लाबारीमा कोरोना संक्रमणबाट एक साताभित्रै एकै परिवारका दुई जनाको निधन भएको छ । कोरोना संक्रमणबाट उर्लाबारी–२ मा उर्लाबारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको उनका छोरा तेजबहादुर धिमालको पाँच दिनको अघिपछि निधन भएको हो । २०५४ सालदेखि २०५८ सालसम्म उर्लाबारी गाविसका उपाध्यक्ष रहेका धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक किड्नीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठकलाई बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार भर्ना गरिएको हो । एक हप्तादेखि पाठकको किड्नीमा समस्या देखिएको र चिकित्सकका अनुसार उनको किड्नीमा दुइवटा स्टोन रहेका छन् । एउटा चार एमएम र अर्को ९ एमएमको हुँदा पाठकको […]
कमल । कमलनगर जेसीजले एक कार्यक्रमका बीच कमल गाउँपालिकाले स्थापना गरेको अस्थाइ कोभिड १९ अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । कमलनगर जेसीजका वर्ष २०२१ का अध्यक्ष गोपाल खनालले कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेलाई पाँच थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । गतवर्ष पनि शहिद धर्मभक्त माविमा स्थापना गरेको करेन्टाईनमा जेसीजले सहयोग गरेको थियो । […]
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुको घरघरमा पुगेका छन् । इटहरी अस्पतालका स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सपोर्ट टिमका विशाल दाहालसहित नगरप्रमुख चौधरीले वडा नम्बर १३, १६ र १७ का ६ वटा घरमा पुगेर संक्रमितहरुलाई भेटेका हुन् । संक्रमितहरुको घरमै पुगेर नगरप्रमुख चौधरीले स्वास्थ्य […]
झापा। झापाको बुद्धशान्ति गाउँपालिका ३ धाईजन चौकबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय बिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । हिजो बेलुका पौने ६ बजे उनीहरुलाई ब्राउन सुगर २ ग्राम ४०० मिलिग्रामसहित […]
भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । भद्रपुर १० को कलबलगुरी प्रशिक्षण केन्द्रमा २८ बेडको आइसेलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष सोही केन्द्रमा नगरपालिकाले देशकै नमूनायोग्य क्वारेन्टिन सञ्चालन गरेको थियो । आइसोलेशन केन्द्रको एक संक्षिप्त […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले अक्सिजन प्लान्ट स्थापनाका लागि नगरपालिकाबाट लिएको पारिश्रमिक हस्तान्तरण गरेका छन् । आफूले नगरपालिकाबाट पछिल्ला तीन वर्षमा लिएको पारिश्रमिक गणतन्त्र दिवसको अवसर पारेर अक्सिजन प्लान्ट स्थापनाका लागि हस्तान्तरण गरेका हुन् । नगरप्रमुख पोखरेलले पछिल्लो तीन वर्षमा आफूले नगरपालिकाबाट लिइएको १० लाख रुपैयाँको चेक उपप्रमुख मञ्जु प्रसाईंलाई हस्तन्तरण गरेका […]
कमल । विदेशवाट फर्किएका झापा कमलका युवा यतिवेला पशुपालन व्यवसायमा रमाउन थालेका छन् । विदेशमा सिकेको ज्ञान र सीप आफ्नै गाउँघरमा प्रयोग गर्न पाउँदा युवामा जोस र जाँगर सँगै खुशी थपिएको छ । विदेशमा हुँदा मालिकको अरन खटनमा काम गर्नु पथ्र्योभने यहाँ आफै मालिक भएर स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सन्चालन गर्दा युवाहरु दङ्ग परेका छन् […]
झापा। झापाको दमकमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । दमक अस्पतालको कोभिड उपचार केन्द्रमा दमक ५ का ७४ वर्षिय बृद्धको आज बिहान २ बजे मृत्युु भएको हो । उनलाई गत जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । दमकमा चैत २५ यता १७ जना संक्रमितको मृत्यु भइसकेको […]