शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले कोरोनाका सक्रिय संक्रमितलाई झरी बाबजुत पनि संक्रमितको घर घरमा गई औषधी वितरण गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी रोसन अधिकारीले आज शिवसताक्षी नगरपालिका वडा न. १० का ८१ र ५४ वर्षीय संक्रमित र ११ का सक्रमितलार्ई औषधि वितरण गरेको हो । नगर भित्रका संक्रमितहरु मध्ये दिर्घ रोगी र बृद्धबद्धालाई विषेश ध्यान […]
मेचीनगर । अग्रभागमा रहेर सूचना सम्प्रेषणमा खटिने मेचीनगरका पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । प्रेस क्लब मेचीनगरको आयोजना मनिषा पोलिक्लिनिक एण्ड डाइगनोष्टिक सेन्टर काँकरभिट्टाको प्राविधिक सहयोगमा पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । नगरका अधिकांश पत्रकारहरुले स्वास्थ्य परीक्षण गराएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले जनाएका छन् । स्वास्थ्य परीक्षण अन्तरगत अक्सिजन लेभल, छाती […]
झापा। कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुर वडा न ९ का ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको आज बिहान बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य सहायक मनोज भट्टराईले जानकारी दिए । योसँगै भद्रपुरमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । […]
झापा । झापाको विर्तामोड नगरपालिका ९ स्थित देवकोटा आधारभूत विद्यालयमा युवा व्यावसायिले आवस्यक रंगरोगनका लागि सहयोग प्रदान गरेका छन् । विर्तामोका युवा मोहन खतिवडाले करिब ८५ हजार बराबरको आवस्यक सामाग्री आज हस्तान्तरण गरेका छन् । रङका सामाग्री हस्तान्तरण गर्दै खतिवडा र अर्का व्यावसायि अशोक चौलागाईंले आगामी पुस्ता निर्माण गर्ने विद्यालय भएकाले विद्यार्थी पढ्ने वातावरण बाल […]
इटहरी । उपप्रमुख सुत्केरी भेट कार्यक्रम बनाएर इटहरी उपमहानगरपालिकाले प्रभावकारी कार्यान्वयन गरेको पाइएको छ । नगरपालिकाले इटहरी अस्पतालमा सुत्केरी गराएका नगर क्षेत्रका महिलालाई नगर उपप्रमुख लक्ष्मी गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेट गर्ने कार्यक्रम बनाएको हो । सोहीअनुरुप सुत्केरी भेट कार्यक्रमका लागि उपप्रमुख गौतमले हिजो सोमबार मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गरेको प्रेस […]
झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालमा पीसीआर परीक्षण गर्न रिएजेन्ट अभाव भएपछि विराटनगरस्थित कोशी अस्पतालमा परीक्षणको भार थपिएको छ । मेची अस्पतालमा दैनिक तीन सयसम्म स्वाव परीक्षण गर्दै आएको थियो, तर रिएजेन्ट सकिएका कारण विगत तीन दिनदेखि बाहिरको स्वाब संकलन बन्द गरिएको सो अस्पतालका मेसु पिताम्बर ठाकुरले जानकारी दिए । मेचीमा परीक्षण बन्द भएपछि विराटनगरस्थित […]
झापा। झापास्थित बी एण्ड सी टिचिङ अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयलाई आएको दवाबप्रति केयू प्राध्यापक संघले आपत्ति जनाएको छ । चिकित्सा शिक्षा ऐनलाई लत्याएर बीएण्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढ्नु अनुचित र अवान्छित भएको संघको ठहर छ । काठमाडौं विश्वविद्यालअन्तरगत अहिले भएका कलेजहरुको नै अनुगमन र निरीक्षण गर्न हम्मे–हम्मे परिरहेका बेला थप सम्बन्धनका लागि दवाब […]
झापा। कोरोना भाइरसको संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं १ का ३२ वर्षिय पुरुषको उपचारका क्रममा आज बिहान ६ बजे बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनलाई बैशाख ३० गते संक्रमण पुष्टि भएको थियो । केही दिन होम आइसोलेसनमा बसेपछि उनी अस्पताल भर्ना भएका थिए […]
कमल । जापानमा बस्ने नेपालीहरुबाट कमल गाउँपालिकाको बिपत व्यवस्थापन कोषमा रकम प्राप्त भएको छ । कमल गाउँपालिका वडा नम्वर ३ मा निवासी हाल जापानको यामागुचीमा बस्दै आउनु भएका भुपाल ढुङ्घेल र त्यहाँ सँगै कम्पनीमा काम गर्ने रीउ हिरोकामाले प्रति व्याक्ति १० हजार रुपैयाका दरले जम्मा २० हजार रुपैया कमल गाउँपालिकाको कोभिड १९ को रोकथाम तथा […]
झापा । कोभिड १९ को उपचारमा अक्सिजनको हाहाकार भइरहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन प्लान्ट बन्ने भएको छ । झापामा निजी क्षेत्रसँगको साझेदारीमा पहिलोपल्ट मेचीनगर १० धुलावारीस्थित आम्दा मेची हस्पिटलमा ८० लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । निर्माण हुने अक्सिजन प्लान्टमा रोटरी क्लवको ग्लोबल फन्डले ३५ लाख […]