Sajhamanch Archive

बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बालकल्याणका विद्यार्थीलाई एकसाथ दोहोरो खुसी.

शिवसताक्षी । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, […]

बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड १ का वडाबासीलाई अब निःशुल्क रगत.

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको लागि निःशुल्क रगतको व्यवस्था गरेको छ । बिरामी भएर रगत आवश्यक परेको अवस्थामा वडाले निःशुल्क रगत उपलव्ध गराउने भएको हो । त्यसका लागि वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी झापाबीच शुक्रबार द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बिर्तामोड वडा नम्बर […]

शिवसताक्षी नगरपालिकाले वैदेशिक रोेजगारीका लागि पहिलो श्रमस्वीकृति प्रमाण पत्र प्रदान गर्यो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाले वैदेशिक रोेजगारीका लागि पहिलो श्रमस्वीकृति प्रमाण पत्र प्रदान गर्यो.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृतिका लागि भरेको फारमको आज पहिलो स्वीकृति प्रमाण पत्र प्रदान गरिएको छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ निवासी ओमप्रकास तामाङ्गलाई पहिलो श्रम स्वीकृतिको प्रमाण पत्र नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रदान गरेका हुन् । नगरप्रमुख थोप्राले श्रम स्वीकृति स्थानीयतहबाटै गर्न थालेपछि बैदेशिक रोजगारीमा जानेहरुलाई विराटनगर र काठमाण्डौ […]

बिर्तामोडका विपन्न ३० मुसहर परिवारलाई वीरता जेसीजले दियो झुल

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका विपन्न ३० मुसहर परिवारलाई वीरता जेसीजले दियो झुल.

बिर्तामोड । अभावमा रहेका बिर्तामोड ३ र १० का विपन्न मुसहरहरुलाई वीरता जेसीजले बिहीबार झुल वितरण गरेको छ । विपन्नताका कारण समस्या झेलिरहेका बिर्तामोड ३ र १० का ३० घर मुसहरहरुलाई वीरता जेसीजले घरमै पुगेर झुल वितरण गरेको हो । बिर्तामोड ३ स्थित मुसहर बस्तीमा आयोजित कार्यक्रममा बिर्तामोड वडा नं ३ का वडाध्यक्ष मदनकुमार बुढाथोकी, […]

उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on उपप्रमुख कार्कीको सक्रियताले शिवसताक्षी १० की सपनाको कोशी अस्पतालमा निःशुल्क उपचार हुँदै.

शिवसताक्षी । झापा शिवसताक्षी १० माइधारकी सपना ऋषिदेवको उपचारलाई शिवसताक्षी नगरपालिकाले कोशी अञ्चल अस्पताल पठाएको छ । एक वर्ष अघि खुट्टामा राखिएको स्टिल आर्थिक विपन्नका कारण झिक्न नसकेपछि नगरपालिकाले उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पठाएको हो । सपना ऋषिदेवको एक वर्ष अघि जंगलमा दाउरा काट्ने क्रममा लढेर खुट्टा भाँचिदा चन्दा उठाएर मेची अञ्चल अस्पतालमा […]

प्रदेश स्तरीय महिला गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on प्रदेश स्तरीय महिला गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा.

बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो । उसका लागि खेल सुरु भएको ७औं मिनेटमा […]

झापाचोक महोत्सवमा खुलेआम जुवाजन्य खेल, प्रहरी प्रशासन मुकदर्शक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापाचोक महोत्सवमा खुलेआम जुवाजन्य खेल, प्रहरी प्रशासन मुकदर्शक.

भद्रपुर । भद्रपुर ४ स्थित झापाचोकमा भइरहेको महोत्सवमा नियम विपरित जुवाजन्य खेल खेलाइरहँदा समेत प्रहरी प्रशासनको मौनता पाइएको छ । प्रथम झापाचोक कृषि तथा सांगीतिक महोत्सव नाम दिएर चैत २९ गतेदेखि सञ्चालनमा ल्याइएको महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबाजी सम्बद्ध जुवाजन्य खेल भइरहँदा नियामकहरु रमिते बनेको पाइएको हो । सगरमाथा फाउण्डेसन भद्रपुर पृथ्वीनगर मूल आयोजक रहेको […]

एनएमसीद्वारा खुदुनाबारीमा भिआइए परीक्षण शिवीर सम्पन्न

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on एनएमसीद्वारा खुदुनाबारीमा भिआइए परीक्षण शिवीर सम्पन्न.

अर्जुनधारा । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको एनएमसी महिला सशक्तिकरण उपसमितिको आयोजनामा निःशुुल्क भिआइए परीक्षण (पाठेघरको मुुखमा हुुने क्यान्सरको परीक्षण) शिवीर गरिएको छ । परिवार नियोजन संघ भद्रपुुर झापाको प्राविधिक सहयोगमा वैशाख ८ गते शुुक्रबार खुुदुुनाबारी स्वास्थ्य चौकीमा उक्त शिवीर सम्पन्न गरिएको हो । एनएमसी महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षतामा सम्पन्न […]

दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दुधे आयुर्वेद औषधालयमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढीको स्वास्थ्य परीक्षण.

शिवसताक्षी । शिवसताक्षीमा दूधे आयुर्वेदद्वारा आयोजित निशुल्क एक दिने स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ५० जनाले ल्याब परीक्षण र ५० जनाले स्नेहन, स्वेदन थेरापी र फिजियोथेरापी गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ। शिविरको उद्घाटन क्षेत्र नं. ४ को सांसद एलपी साँवाले गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै सांसद साँवाले […]

संयुक्त सहकारी कृषि फर्मको साधारणसभा सम्पन्न

Published: in अर्थतन्त्र, लोकप्रिय, सहकारी, स्थानीय तह by . Leave a Comment on संयुक्त सहकारी कृषि फर्मको साधारणसभा सम्पन्न.

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरुद्वारा प्रवर्धित बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । नवोदय बहुउद्देश्यीय सहकारी संस्था, पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्था र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा २०७५ सालदेखि संयुक्त सहकारी कृषि फर्म सञ्चालनमा ल्याएका हुन् । कृषि फर्मले ४० विघाभन्दा बढी क्षेत्रफलमा वर्षे […]