झापा । झापामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा झापा बिर्तामोड र बुद्धशान्तिका दुई पुरुष र फिदिमकी एक महिला रहेका छन् । बिर्तामोड ८ का ८५ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो । उनलाई जेठ १ गते संक्रमण पुष्टि भएको र त्यसपछि होम आइसोलेसनमा रहेका उनको हिजो बेलुका मृत्यु भएको […]
झापा। झापास्थित अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साढे ४ बजे साथीहरुसँग करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाईते भएका तामाङको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको हो । घटनाको […]
झापा। लुथरन विश्व फेडेरेशनको सहकार्यमा न्याय तथा विकासका लागि सामाजिक संजाल झापाले आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संजालले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र मेची अस्पताललाई कोभिड रेस्पोन्स अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । झापा गाउँपालिकालाई ३० थान पिपिई , ३० थान फेसशिल्ड , एन्टीजेन रेपिड किट ५० थान ,पल्स अक्सिमिटर २ […]
झापा। कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा समस्या आएपछि झापामा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन गर्ने उद्देश्यले स्काउटरहरुलाई आइतबारदेखि चार दिवसीय तालिम दिन शुरु गरिएको हो । नेपाली सेनासँगको सहकार्यमा […]
झापा । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढिरहेकाले घरबाट ननिस्कन बालबालिकलाई चिकित्सकले सुझाव दिएका छन् । बाल रोग विशेषज्ञ डा. प्रमोदकुमार रोयले बालबालिकाका लागि खोप पनि नबनेको प्रसंग उल्लेख गर्दै उनीहरु अत्यन्त जोखिम समूहमा रहेकाले घरबाट ननिस्कन सुझाएका हुन् । ‘कोरोना महामारीः बालबालिकाको स्वास्थ्यमा प्रभाव, सुरक्षा र सावधानीका उपाय’ विषयमा भएको भर्चुअल छलफलमा डा. रोयले […]
झापा । कोरोना संक्रमणबाट झापामा थप ४ जनाको मृत्यु भएको छ । कनकाई , कमल , अर्जुनधारा र भद्रपुरगरी एक–एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नं ३ का करिब ४० वर्षिय पुरुषको उपचारको अभावमा ज्यान गएको छ । संक्रमण पुष्टि भएर होम आइसोलेसनमा रहेका ती संक्रमितको स्वास्थ्य अबस्था गंभीर भएपछि हिजो […]
कमल । कमल नगर जेसीजले कोभिड १९ को विषम परिस्थितीमा अग्रभागमा रहेर काम गर्ने सुरक्षकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कमल गाउँपालिकाका विपन्न परिवारलाई खाद्यन्य वितरण गरेको छ । कोभिड १९ को संक्रमणलाई फैलिन नदिन र आफ्ना नागरिकालाई स्वास्थ्य राख्नका लागी नेपाल सरकारले निषेधाज्ञा जारी गरेको छ । यस्तो समयमा अग्रभागमा खटिने कमल गाउँपालिकाका सुरक्षा कर्मीहरुलाई स्वास्थ्य […]
झापा । झापा गौरादह नगरपालिकाको एक विवाह भएको घरमा कोरोना संक्रमण देखिदा दुई जनाको मृत्यु भएको । गौरादह नगरपालिका वडा –४ को एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको हो। सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य […]
कमल । पोषिलो खानेकुरा र स्वास्थ्य सामग्री लिएर स्वस्थ्यकर्मीसहित कमल गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितको घरआँगनमा पुगेका छन् । आफ्नो पालिकामा कोभिड–१९ संक्रमित भएर होम आइसोलेसनमा रहेका नागरिकको स्वास्थ्य अवस्था बुझ्न होम आइसोलेसन किटसहित चिकित्सकहरु लिएर घरदैलो गरिएको अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । गाउँपालिकाले आफ्नो स्रोतबाट सेनिटाइजर, मास्क, थर्ममिटर, औषधि, भिटामिन सी लगायतका सामग्रीको आइसोलेशन किट […]
विर्तामोड ।झापामा शुक्रबार २४५ नयाँ संक्रमित थपिएका छन् भने ६३ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप २ जना संक्रमितको मृत्यू भएको छ । योसँगै झापामा १९५ जना संक्रमितको मृत्यू भएको छ । आज जिल्लामा सबैभन्दा धेरै बुद्धशान्तिमा ३३, दमकमा ३१, विर्तामोडमा २७ जनामा कोभिड पुष्टि भएको छ […]