Sajhamanch Archive

कोरोना संक्रमणमबाट अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणमबाट अर्जुनधारा नगरपालिकाका प्रशासकीय अधिकृतको मृत्यु.

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको आज दिउसो उपचारको क्रममा मृत्यु भएको हो । स्वास प्रश्वासमा समस्या आएपछि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार गराइरहेका उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा […]

भद्रपुर नगर सरकार कोरोना संक्रमण रोक्न जिम्मेवार भएको दावी

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर नगर सरकार कोरोना संक्रमण रोक्न जिम्मेवार भएको दावी.

भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा फैलदो कोरोना संक्रमण नियन्त्रण गर्न नगर सरकार जिम्मेवार भएर लागिरहेको प्रष्ट पारेको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै नगर बासीको सुरक्षका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी निस्वार्थ लागिरहेको प्रष्ट पारेका हुन् । विज्ञप्तिमा भनिएको छ—“देश नै कोभिड १९ को दोश्रो लहरबाट […]

बिर्तामोड नगर अस्पताललाई एमालेको ५० थान अक्सिजन सिलिन्डर

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर अस्पताललाई एमालेको ५० थान अक्सिजन सिलिन्डर.

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी एमाले बिर्तामोड नगर कमिटीले बिर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर दिने भएको छ । अक्सिजनको चरम अभावको मध्यनजर गर्दै ५० थान अक्सिजन सिलिन्डर खरिद गरी बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको नगर कमिटीका सचिव सुभाष भट्टराईले जानकारी दिएका छन् । आगामी तीन दिन भित्रमा रकम जम्मा गरी सिलिण्डर […]

मेचीनगरमा थप दुई जनाको कोरोनाको कारण मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप दुई जनाको कोरोनाको कारण मृत्यु.

मेचीनगर । झापा मेची नगरमा थप दुई जनाको कोरोना संक्रमणका कारण मेचीनगरमा मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर १० का ३९ बर्षिया राजवंशी समुदायकी महिला र ६६ बर्षिय श्रेष्ठ थरका पुरुष रहेको वडा अध्यक्ष सुवेशकुमार पनेरुले जानकारी दिए । । हिजो बेलुका ७ः३० बजे महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको राति ९ बजे बिर्ता […]

कमलमा कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सर्वपक्षीय बैठक

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमलमा कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि सर्वपक्षीय बैठक.

कमल । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ को दोस्रो लहरका कारण कमल गाउँपालिकामा समेत संक्रमण तीब्ररुपमा बढेको छ । संक्रमण बढेसँगै यसको नियन्त्रण र रोगथामलाई प्रभावकारी बनाउन गाउँपालिकाले विभिन्न राजनीतिक दलका प्रमुखसहित सर्वदलीय बैठक गरेको छ । बैठकले गाउँ कार्यपालिकालाई महत्वपूणर् सुझाव दिएको जनाइएको छ । जस अन्तरगत कन्ट्रयाक ट्रेसिङ्गको दायरा बढाउने, लक्षण देखिएका संक्रमित र […]

शिवसताक्षीका एक बृद्धको कोरोना कारण मृत्यु

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका एक बृद्धको कोरोना कारण मृत्यु.

शिवसताक्षी । झापा शिवतसाक्षीमा एक बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारका ८४ वर्षीय बृद्धको गएराति विर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई रुघा, ज्वरो आएपछि विर्तासिटी अस्पतालमा भर्ना गरिएको र सिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएको वडा नं. १० का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । उनले गएराति नै बृद्धको […]

दमक नगरपालिकामा ३१५ संक्रिमत, ३७ जना डिस्चार्ज, ७ जनाको मृत्यु,

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमक नगरपालिकामा ३१५ संक्रिमत, ३७ जना डिस्चार्ज, ७ जनाको मृत्यु,.

दमक । झापाको दमक नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१५ पुगेको छ । कोरोना भाइरको दोस्रो लहर चले यता आइतबार थपिएका सहित कोरोनाका संक्रमितको संख्या ३ सय नाघेको छ । आज आइतबार सम्ममा कूल ३१५ जना संक्रमित भएका छन । उनीहरु मध्ये १८६ पुरुष र १२९ महिला छन । जस मध्ये ३७ जना उपचारपछि निको भएका […]

स्थानीय बासीको अवरोधका कारण शवदाह स्थलको निर्माण कार्य रोकियो

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on स्थानीय बासीको अवरोधका कारण शवदाह स्थलको निर्माण कार्य रोकियो.

कमल । कमल गाउँपालिका ३ केर्खा खोलामा निर्माणधिन शवदाह स्थलको निर्माण कार्य स्थगित भएको छ । कमल गाउँपालिका ३ केर्खा स्थित मुख्य कार्यालय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी संस्था र कमल गाउँपालिका वडा नम्वर ३ को आर्थिक लागानीमा निर्माण हुन लागेको शवदाह स्थलको निर्माण कार्य स्थानिय बासीको अवरोधका कारण निर्माण कार्य स्थगित भएको हो । […]

विर्तामोड नगरपालिकाद्वारा ५० शैयाको आइसोलेशन तयार

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा ५० शैयाको आइसोलेशन तयार.

झापा । विर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी ५० शैयाको आइसोलेशन तयार पारेको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शैयाको आइसोलेशन तयार पारिएकोे नगरपालिकाले जनाएको हो । बढ्दो कोरोना संक्रमणको ग्राफलाई मध्यनजर गरी आइसोलेशन तयार गरिएको र आवश्यक भए यसलाई बढाएर लैजाने नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । यस आइसोलेशनका लागि हाललाई […]

दमकको लाइफलाइन अस्पतालमा ३० बेडको कोविडवार्ड सञ्चालन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकको लाइफलाइन अस्पतालमा ३० बेडको कोविडवार्ड सञ्चालन.

दमक । झापाको दमकस्थित पुरानो नीजि अस्पताल लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटरसहित ३० बेड क्षमताको कोभिड वार्ड सञ्चालन गरेको छ । आइतबार अनौपचारिक कार्यक्रमका बीच दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले कोभिड वार्डको उद्घाटन गरेका हुन् । उनले प्रदेश तथा संघीय सरकारसंग समन्वय गरेर आवश्यक सहयोग जुटाउन प्रयत्न गरिने पनि बताए । कोभिड वार्डका लागि […]