Sajhamanch Archive

शिवसताक्षीमा व्यक्तिगत घटना सम्वन्धी सबै वडामा कार्यक्रम सञ्चालन

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा व्यक्तिगत घटना सम्वन्धी सबै वडामा कार्यक्रम सञ्चालन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले व्यक्तिगत घटना दर्ता अभियान बैसाख १ गतेबाट सुरु गरेको छ । नगरभित्रका सबै वडाहरुमा व्यक्तिगत घटना दर्ता गराउन नगरबासीहरुलाई सुचित गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन भएको हो । शिवसताक्षी नगरपालिका पञ्किरण शाखाले शिवसताक्षीका ९ र ११ वडाहरु […]

हाम्रो नेपाल साकोस केर्खाका सदस्य माझ सहकारी शिक्षा तथा अन्तरक्रिया

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, शिक्षा, सहकारी, स्थानीय तह by . Leave a Comment on हाम्रो नेपाल साकोस केर्खाका सदस्य माझ सहकारी शिक्षा तथा अन्तरक्रिया.

कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज झापाको केर्खामा सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय कार्यक्रम सम्पन्न गरेको हो । सहकारीले हाल झापा, मोरङ्ग र इलाम गरी ३ वटा जिल्लाका ३० वटा शाखामार्फत ३३ हजार सदस्यलाई सेवा प्रवाह […]

नेकाका पुराना नेताहरु सम्मानित

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नेकाका पुराना नेताहरु सम्मानित.

बिर्तामोड । नेपाली कांग्रेस बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा पार्टी कार्यालय बिर्तामोड–२ ले पार्टीका अग्रज ब्यक्तित्व डिल्लीप्रसाद सिटौला, कृष्णप्रसाद मिश्र र पुर्णानन्द शर्मालाई सम्मान गरेको हो । वडा पार्टीले सोमबार बिर्तामोड–२ स्थित चारपानेमा नववर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो । नेपाली कांग्रेस बिर्तामोड […]

भद्रपुर झापा गोल्डकप कार्यसमितिका रचनात्मक निर्णयहरु

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप कार्यसमितिका रचनात्मक निर्णयहरु.

भद्रपुर । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो । गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको […]

भद्रपुरमा आदिवासी राजवंशी संग्राहालयको शिलान्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा आदिवासी राजवंशी संग्राहालयको शिलान्यास.

भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्राहालय भवनको शिलान्यास गरिएको छ । पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी ७ कठ्ठा क्षेत्रफलमा ५ करोडभन्दा बढीको लगानीमा संग्राहालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको जनाइएको छ । भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रूपैयाँबाट पहिलो चरणको काम थालिएको […]

कमलमा जनप्रतिनिधिहरुबीच अनुभव आदन प्रदान

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कमलमा जनप्रतिनिधिहरुबीच अनुभव आदन प्रदान.

कमल । नेकपा एमाले कमल गाउँ कमिटीले पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरु बीच अनुभव आदन प्रदान कार्यक्रम गरेको छ । कमल ३ स्थित सिंहदेवी सामुदायिक भवनमा गाउँ कमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । मिसन ग्रासरुट अभियान कै एउटा अंगका रुपमा सम्पन्न उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मिशन ग्रासरुट अभियन्ता इन्दू […]

भद्रपुर ९ स्थित हडिया निन्दा किनारमा दाहसंस्कारस्थल निर्माण गरिने

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर ९ स्थित हडिया निन्दा किनारमा दाहसंस्कारस्थल निर्माण गरिने.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा पर्ने हडिया निन्दा खोलामा दाहसंस्कारस्थल निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ । नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सिर्जनात्मक कार्यका रूपमा रूपान्तरण गर्दै स्वर्गद्वारी घाट निर्माण समिति गठन गरिएको हो । जसको […]

सम्बृद्वि टोल विकास संस्थामा भट्टराईको नेतृत्वमा समिति चयन

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सम्बृद्वि टोल विकास संस्थामा भट्टराईको नेतृत्वमा समिति चयन.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको आदर्श सेवा समाजले आज नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा टोल विकास संस्थाको अधिवेशन सम्पन्न गरेको छ । आदर्श सेवा समाजका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिका वडा नम्बर ३ का सदस्य हरि बाँस्कोटा रहेका थिए । शुभकामना आदानप्रदान तथा अधिवेशन […]

सबै मानिस सामाजिक कार्यमा एकता भए जस्तोसुकै काम पनि सहजै सफल हुने : एमाले नेता गिरी

Published: (Updated: ) in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सबै मानिस सामाजिक कार्यमा एकता भए जस्तोसुकै काम पनि सहजै सफल हुने : एमाले नेता गिरी.

अर्जुनधारा । झापाको अर्जुनधारा ३ खुुदुनाबारीस्थित कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेलाबहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीले पूर्णरुपमा घर नष्ट गरिदिएपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए । नयाँवर्षको अवसरमा एक कार्यक्रमका बीच तत्कालीन संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उक्त घरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा […]

सस्तो जग्गाको प्रलोभनमा ३२ लाख ठगेर फरार व्यक्तिहरु पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सस्तो जग्गाको प्रलोभनमा ३२ लाख ठगेर फरार व्यक्तिहरु पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी ४ बस्ने ५२ वर्षीय विष्णुमाया सापकोटा सुवेदीको साथबाट उक्त रकम लिई फरार भएका थिए । घटना चैत ३० गतेको हो […]