भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको उपप्रमुख चन्द्रमाया श्रेष्ठले नगदै १ लाख ५० हजार रुपैया नगर प्रमुख जीवन कुमार श्रेष्ठलाई प्रदान गरे । नगर प्रमुख श्रेष्ठले […]
कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ । कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि समेतको साथ लिएर सेल्फ क्वारेन्टाइनमा बसेका ७२ जनाको स्वास्थ्य परीक्षण गरेका हुन् । स्वस्थ्य परीक्षण गरिएका नगरिकमा कुनै समस्या नआएको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नगरबासीलाई जोगाउन सर्वपक्षीय सहमति जुटेको छ । बुधबार शिवसताक्षी नगरपालिका कार्यालयमा नगर भित्रका सबै राजनीतिक दलको सर्वपक्षिय वैठकबाट नगर र वडा स्तरीय संयन्त्र बनाई अघि बढ्ने निर्णय गरेको हो । नगरपालिकाले यस अघि कोरोना भाइरस प्रकोप रोकथाम १० लाखको राहत […]
सुरुङ्गा । कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा ३५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको छ । सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । कोषमा थप सहयोग गरि महाविपत्तीमा […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध उच्च सर्तकता अपनाइएको छ । यस गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, ७ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि र स्वास्थ्यकर्मी, इलाका प्रहरी कार्यालय आफ्नो स्थानीय तहमा कोरानाको संक्रमण हुन नदिन विभिन्न सर्तकता अपनाउँदै विदेशबाट आएका नागरिकलाई उच्च स्वास्थ्य निगरानीमा राखेर अतिआवश्यक सामग्रीको अभाव […]
बिर्तामोड । विश्वब्यापी महामारीको रुप लिइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण, रोकथाम तथा उपचारसहित विपन्नलाई भोकमरीबाट बचाउन बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण विपन्नहरु भोकमरीमा पर्नसक्ने अवस्थालाई समेत ध्यान दिँदै यस्तो वर्गलाई खाद्यान्न वितरण गर्नका लागि कोषको परिचालन गरिनेछ । उक्त राहत […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर भित्र विपन्न परिवारका लागि राहत प्याकेज ल्याउने भएको छ । कोरोना (कोभिड १९) को मारमा परेका शिवसताक्षी नगरका अतिविपन्न बर्गका नागरिकलाई नगरको विपत् व्यवस्थापन समितिले एक हप्ता सम्मका लागि प्रति व्याक्ति प्रतिदिन ५ सय ग्राम चामल राहत दिने भएको हो । नगरले पहिलो चरण अन्तर्गत प्रति व्यक्ति प्रतिदिन ५०० ग्रामका […]
मेचीनगर । भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिका वडानम्बर– ६ का वडाध्यक्ष ललितबहादुर तामाङ स्वास्थ्यकर्मीको टोली लिएर यतिखेर आफ्नो वडाभित्रका प्रत्येक गाउँघरमा पुग्ने गरेका छन् । नेपालमा हालसम्म पाइएका ५ जना कोभिड १९ संक्रमितहरु सबै विदेशबाट फर्किएकाहरु भएकाले सो वडाबासीमा पनि यसैको खोजी भइरहेको […]
मेचीनगर । नोवल कोरोना भाइरस (कोभिड– १९) को संक्रमण र सन्त्रासबाट उत्पन्न हुनसक्ने जोखिमलाई नियन्त्रण गर्न मेचीनगरमा गठित कार्यदलले पूर्वीनाकाबाट संक्रमण भित्रिन नदिन सहयोग गर्ने सबै संघ–संस्थाका स्वयमसेवक, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ । कार्यदलको आइतबार सम्पन्न बैठकले विभिन्न संघ–संस्था, राजनीतिक दल तथा सरकारी वा गैरसरकारी कार्यालयले देखाएको सहयोग सद्भावको उच्च मूल्याङ्कन गदैं आगामी […]
मेचीनगर । भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन शुरु गरेको छ । नेपालमा हालसम्म ५ जनामा कोभिड १९ को संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु सबै विदेशबाट नेपाल फर्किएकाहरु हुन् । यही कारण मेचीनगर नगरपालिकाले विदेशबाट आइ […]