अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले संविधान दिवसको अवसर पारेर नगरका ५८ वटा विद्यालय र एउटा क्याम्पससहित ५९ वटा निजी तथा सामुदायिक बिद्यालयमा आज राष्ट्रिय झण्डा र मिठाई वितरण गरेको छ । अर्जुनधारा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दिलिप गुरुङले अर्जुनधारा ६ स्थित हिमाली एजुकेशन फाउण्डेशनमा लगायतका विद्यालयमा नै गएर राष्ट्रिय झण्डा […]
बिर्तामोड । गत वर्ष नै खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको झापामा पूर्ण सरसफाई अभियानलाई तीब्रता दिइएको छ । समुदायको खानेपानी तथा सरसफाइको अवस्था, संस्थागत क्षेत्रमा सरसफाइको अवस्था र सरसफाइ सम्बन्धी जनचेतना दिलाउन बाल क्लबहरु परिचालित भएका छन् । खुला दिसामुक्त घोषणापछिको प्रक्रियालाई अझ विकसित ढंगबाट अघि बढाउन युएन ह्यमबिट्याटको ग्लोबल स्यानिटेशन फण्डको साझेदारीमा झापाका तीनवटा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । गत असार २४ गते सम्पन्न तेस्रो नगर परिषद्बाट पारित कूल एक अर्ब १२ करोड ३२ लाख ४६ हजार बराबरको आम्दानी र खर्चको अनुमान गरी बजेट सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ मा सञ्चालित दिव्यज्योति शिक्षा केन्द्रका सञ्चालक कालीचरण बस्नेत नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा सम्मानित भएका छन् । ५३औं अन्तर्राष्ट्रिय तथा ४०औं राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शाखाले आइतबार आयोजना गरेको समारोहमा चन्द्रभानु ज्योति माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बस्नेतलाई उत्कृष्ट अध्यक्षको रुपमा सम्मान गरेको […]
अर्जुनधारा । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो । न्यूज सञ्जाल डटकमका सम्पादक समदर्शीलाई शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणमा […]
बिर्तामोड । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बिर्तामोड शाखाले बिर्तामोड ६ बुट्टाबारी क्षेत्रका किसानलाई लक्षित गरी शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नंम्बर ६ को समन्वयमा सरस्वती मावि बुट्टाबारीमा आयोजित कार्यक्रममा सो वडामा सञ्चालित १७ वटा टोल विकास संस्थाका ९० जना कृषकहरुको सहभागिता रहेको थियो । बैंकका शाखा प्रबन्धक जीवनकुमार बुढाथोकीले […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.७ ईटाभट्टामा आज दिउँसो भएको बस दुर्घटनामा परी ९ जना घाईते भएका छन् । आज दिउँसो सवा १२ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रीत भई सडकमा पल्टदा बसमा सवार ९ जना घाईते भएका हुन् । घाईतेहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको […]
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको लेखापरीक्षणलगायतका आवश्यक […]
इटहरी । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समग्रीहरु हटाउन सुरु गरेको छ । सडक सुशासन कायम गर्न पूर्व पश्चिम सडकको पचरुखी चौकदेखि सडकको दायाँ बाँया साढे ८२ फिटमा निर्माण गरिएका संरचनाहरु सफा गर्न सुरु गरिएको हो । एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म क्लियर गरिसक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् […]
प्युठान । प्युठानको गौमुखी गाउँपालिकाका प्रमूख विष्णुकुमार गिरीविरुद्ध उनकी पत्नीले बहुविवाहको मुद्दा दायर गरेकी छन् । पत्नी सीता केसीले आफू हुँदाहँदै कान्छी पत्नी विहे गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दर्ता गरिन् । उक्त विषय जिल्ला अदालतमा पुगेको छ । गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ । गिरीले २०५७ सालमा विवाह गरेको र हाल […]