Sajhamanch Archive

स्थानीय तहका न्यायाधिकारीहरु भन्छन् कानूनी ज्ञान र इजलाश नै भएन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on स्थानीय तहका न्यायाधिकारीहरु भन्छन् कानूनी ज्ञान र इजलाश नै भएन.

झापा । स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै प्रहरीकहाँ पुग्ने मुद्धाको चाप घटेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४(ख) मा गाउँपालिकाका उपाध्यक्ष र नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छन् । जसमा न्यायिक समिति पनि एक हो । उपाध्यक्ष वा उपप्रमुख न्यायिक समितिको संयोजक भई […]

मेचीनगर खेलकुद महोत्सवः छात्र–छात्रा फुटबलमा यस्तो नतिजा

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on मेचीनगर खेलकुद महोत्सवः छात्र–छात्रा फुटबलमा यस्तो नतिजा.

मेचीनगर । प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत शुक्रबार नगरस्तरीय अन्तर मावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता गराइएको एको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि शिरोमणि मावि, तारापुञ्जसहित १० वटा विद्यालयले जीत दर्ता गरेका छन् । उता छात्रातर्फ सरस्वती […]

२९ जनाले गरे गाउँपालिका भवनको शिलान्यास

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on २९ जनाले गरे गाउँपालिका भवनको शिलान्यास.

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका कार्यालय भवनको आज शिलान्यास गरिएको छ । हल्दिबारी ५ स्थित धनुषपोखरीमा बन्न लागेको कार्यालय भवनको गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटालगायत सबै २९ जना जनप्रतिनिधिले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । स्थानीयबासीले उपलब्ध गराएको एक बिघा नौ कठ्ठा जग्गामा तीन करोड ९० लाख ७९ हजार ३०३ […]

‘आगामी वर्षको नीति कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरण जोडिने’

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘आगामी वर्षको नीति कार्यक्रममा लैङ्गिक तथा सामाजिक समावेशीकरण जोडिने’.

बिर्तामोड । झापामा स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षका लागि बनाइने नीति, कार्यक्रम तथा बजेटमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिइने बताएका छन् । स्थानीय तहमा लैङ्गिक तथा सामाजिक समावेशीकरणको अवस्था र दायित्वका विषयमा जनप्रतिनिधिहरुले मंगलबार बिर्तामोडमा आयोजित छलफलमा यस्तो प्रतिवद्धता जनाएका हुन् । आगामी दिनमा अझ प्राथमिकताका साथ यस्ता सवालमा सम्बोधन गर्ने उनीहरुको प्रतिवद्धता […]

कनकाईका सीमान्तकृत र विपन्नलाई सीपमुलक तालिम

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कनकाईका सीमान्तकृत र विपन्नलाई सीपमुलक तालिम.

बिर्तामोड । नारी कल्याण समाज झापाले आजदेखि कनकाई नगरपालिकाको सुरुङ्गामा साढे तीन महिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग कनकाई नगरमा बसोबास गर्ने ६८ जना सीमान्तकृत र विपन्न नागरिकलाई स्वरोजगार बन्ने तालिम दिन थालिएको समाजका अध्यक्ष प्रेमा भट्टराईले बताएकी छन् । सो तालिम अन्तरगत मोवाइल मर्मत गर्ने, एसी र फ्रिज […]

जनप्रतिनिधिलाई लागि दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धि क्षमता विकास तालिम

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on जनप्रतिनिधिलाई लागि दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धि क्षमता विकास तालिम.

मेचीनगर । स्थानीय तहका जनप्रतिनिधिहरुको लागि दिगो विकास लक्ष्यको स्थानीयकरण सम्बन्धि क्षमता विकास तालिम सोमबार मेचीनगरमा सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको सहयोगमा गैर सरकारी संस्था महासंघ नेपाल, झापा शाखाले आयोजना गरेको तालिममा नगरका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रशिक्षक विदुर सुवेदीले दिगो विकासका १७ वटा लक्ष्य पुरा गर्न हरेक जनप्रतिनिधिहरु सक्रियपूर्व लाग्नुपर्ने र पुरा […]

मेनपा ६ को वडास्तरीय प्रतियोगिता सकियो

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on मेनपा ६ को वडास्तरीय प्रतियोगिता सकियो.

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ६ को दोस्रो वडाध्यक्ष कप अन्तर मावि स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत फुटवलबको उपाधि अरुणोदय माध्यमिक विद्यलायले जितेको छ । प्रतियोगिताको आइतबार समपन्न फाइनल खेलमा प्रतिस्पर्धी नर्थ प्वाइन्ट माविलाई २–१ गोल अन्तरले पराजित गर्दै अरुणोदयले उपाधि जितेको हो । जीतसँगै अरुणोदयले नगद १० हजार रुपैयाँ तथा उपविजेता नर्थ प्वाइन्टले नगद ५ […]

कचनकवल नागरिकता काण्डः लिन खोज्ने जेल गए, बाबु बन्ने धरौटीमा छुटे

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह, by . Leave a Comment on कचनकवल नागरिकता काण्डः लिन खोज्ने जेल गए, बाबु बन्ने धरौटीमा छुटे.

भद्रपुर । नक्कली बावु बनेर वंशजको आधारमा भारतीयलाई नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ । भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिलाउन खोज्ने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ चाहिँ धरौटी बुझाएर तारिखमा छुटेका […]

कर्णाली र गौरीगञ्जको सहकार्यमा तालिम सुरु

Published: in सहकारी, स्थानीय तह by . Leave a Comment on कर्णाली र गौरीगञ्जको सहकार्यमा तालिम सुरु.

गौरीगञ्ज । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को संयुक्त आयोजनामा आज तीन महिने सिलाई बुनाई तालिम उद्घाटन गरिएको छ । तालिममा प्रशिक्षार्थी बन्न २५ जनाले नाम दर्ता गराएको जनाइएको छ । गौरीगञ्ज ४ स्थित नयाँबजारको पुरानो स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता गौरीगञ्ज ४ का […]

भूमिकामा दमकका ९० जना महिला सीप सिक्दै

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भूमिकामा दमकका ९० जना महिला सीप सिक्दै.

दमक । भूमिका सीपमुलक तालिम केन्द्रले आजदेखि ३ महिने सहायक ब्युटीसियन तालिम दमकमा शुरु गरेको छ । दमक ८ मा रहेको तालिम केन्द्रले विवाहिता महिला तथा युवतीहरुलाई स्वरोजार बनाउने उद्देश्यले सहायक ब्युटीसियन तालिम प्रदान गर्न शुरु गरेको हो । तालिमको उद्घाटन दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले गरिदिएकी छन् । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद […]