Sajhamanch Archive

बिर्तामोडका कृषकलाई २१ लाख १० हजार ९०० रुपैयाँको सामाग्री हस्तान्तरण

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका कृषकलाई २१ लाख १० हजार ९०० रुपैयाँको सामाग्री हस्तान्तरण.

बिर्तामोड । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गतका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री […]

भद्रपुर झापा गोल्डकप २०७९ : उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकप २०७९ : उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स विजयी.

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटर फाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ […]

बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा सांगीतिक कार्यक्रमसहित संगीत विद्यालयको उद्घाटन.

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि सप्तक संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । शिवरात्रीको शुभसाइतमा गायन, नृत्य तथा वाद्यवादनको विद्यालय सञ्चालनमा ल्याइएको हो । प्रदेश सभाका सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी संगीत विद्यालयको उद्घाटन गरिएको हो । विद्यालयको समुद्घाटन मन्तब्य राख्दै सांसद कार्कीले संगीत सबैखाले पीडाबाट भुल्ने अचुक औषधि भएको बताए । मानिसमात्र […]

बिर्तामोडका दशनामीले सम्झिए जग्गादाता

Published: in प्रदेश तह, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका दशनामीले सम्झिए जग्गादाता.

बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले शिवरात्री पर्वको अवसर पारेर जग्गादाता स्व. मानबहादुर गिरीको स्मृति दिवस मनाएको छ । नगर समितिले शनिवार बिर्तामोडमा शिवरात्रीको दिन भगवान शिव र दशनामीहरुका कुलगुरु शंकराचार्यको तस्वीरमा फुलगुच्छा माल्यार्पण गरी शिवरात्री पर्व मनाएको हो । त्यस्तै नेपाल दशनामी समाज झापाको भवनका लागि जग्गा प्रदान गर्ने स्व. मानबहादुर गिरीको […]

भद्रपुर झापा गोल्डकपको तयारी पूरा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकपको तयारी पूरा.

भद्रपुर । मेची रंगशालामा भोलि फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो । समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी […]

सेन्ट जेभियर्सका विद्यार्थीद्वारा भद्रपुरका विपन्न परिवारलाई राहत

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेन्ट जेभियर्सका विद्यार्थीद्वारा भद्रपुरका विपन्न परिवारलाई राहत.

भद्रपुर । बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियाँमा रहेको सेन्ट जेभियर्स स्कूलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर ८ र ९ का ३५ विपन्न परिवारलाई राहत सामग्री तथा महिलाहरूलाई सेनिटेरी प्याड प्रदान गरेका हुन् । विद्यार्थी समूहकी अध्यक्ष […]

कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु, तीन घाइते

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कागज उधोगमा ड्रम पड्किदा एकको मृत्यु, तीन घाइते.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले सञ्चालन गरेको खरेल नेपाली हातेकागज उद्योगमा आज दिउँसो भएको ड्रम बिष्फोटमा परी त्यहाँ कार्यरत एकजना मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । नेपाली कागज बनाउन लोक्ता पकाउँदै गरेको फलामको ड्रम बिष्फोट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । सो घटनामा […]

नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदै.

काठमाडौं । नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुँदैछ । २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबट देशैभर यो अभियान सञ्चालनमा आउन लागेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ फागुनमा सात प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेर अभियानको सुरुवात गर्ने एमालेले […]

सभामुख घिमिरे र उपसभामुख रानालाई बिर्तामोडमा सम्मान

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सभामुख घिमिरे र उपसभामुख रानालाई बिर्तामोडमा सम्मान.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको संयोजनमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बिर्तामोडमा दर्जनौं व्यक्ति तथा संस्थाहरुद्वारा सम्मान अभिनन्दन गरिएको छ । नगरपालिका कार्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहका बीच सभामुख घिमिरे र उपसभामुख मगरलाई सम्मान गरिएको हो । नगरपालिकाका तर्फबाट नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत […]

शिवसताक्षी ११ का कृषकलाई स्प्रे ट्यांकी र वडा नंं ५ का स्वास्थ्य सेविकालाई साइकल वितरण

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी ११ का कृषकलाई स्प्रे ट्यांकी र वडा नंं ५ का स्वास्थ्य सेविकालाई साइकल वितरण.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ ले कृषकहरुलाई स्प्रे ट्यांकी वितरण गरेको छ । वडाले शिलिङ बजेटबाट प्रति थान २३ सय बराबरको ४१ जना कृषकलाई स्प्रे ट्यांकी वितरण गरेको हो । वडाले वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी ट्यांकी वितरण गरेको जनाएको छ। स्प्रे ट्यांकी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत […]