Sajhamanch Archive

भद्रपुरका मण्डल परिवारलाई कर्णालीले दियो खाद्यान्न

Published: (Updated: ) in समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुरका मण्डल परिवारलाई कर्णालीले दियो खाद्यान्न.

भद्रपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भद्रपुर नगरपालिका वडा नं. ६ बंगालीबस्तीको एक परिवाराई खाद्यान्न हस्तान्तरण गरेको छ । प्रदेश १ सरकारका पूर्व सहकारी मन्त्री ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको समुपस्थितिमा बुधबार बिहान विशेष कार्यक्रमको आयोजना गरी दुवै मिर्गौला खराब भएर उपचार गरिरहेका गोपालचन्द्र […]

बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी

Published: in खेलकुद, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा पत्रकार–कर्मचारी फुटबल, कर्मचारी टिम विजयी.

बिर्तामोड । कृष्ठरोग विरुद्ध जनचेताना फैलाउने उद्देश्यले बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ । ७०औं विश्व कृष्ठरोग दिवसको अवसरमा नेपाल कुष्ठरोग संगति झापाको सहयोगमा स्वास्थ्य शाखाले बुधबार कर्मचारी र पत्रकारबीच नगरस्तरीय मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेको हो । नगरपालिकाका कर्मचारी र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारी विजयी भएका छन् । खेलको पूरा […]

भद्रपुर झापा गोल्डकपका लागि नगरपालिकाले दियो ३० लाख

Published: in खेलकुद, मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर झापा गोल्डकपका लागि नगरपालिकाले दियो ३० लाख.

भद्रपुर । भद्रपुर नगरपालिकाले भद्रपुर झापा गोल्डकपलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नगरपालिका र गोल्डकप आयोजक समितिबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै नगरपालिकाको तर्फबाट चेक हस्तान्तरण गरिएको हो । भद्रपुर नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख गणेश पोखरेलले भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकाललाई नगरपालिकाले अनुदान बापत उपलब्ध गराएको ३० लाख […]

कमल प्याब्सनमा स्पोर्ट मिट सुरु

Published: in खेलकुद, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल प्याब्सनमा स्पोर्ट मिट सुरु.

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित निजी विद्यालयहरुको संगठन कमल प्याब्सनको ‘प्याब्सन स्पोर्टस मिट २०७९’ मंगलबारदेखि सुरु गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कमल गाउँपालिका समितिको क्यालेण्डर अनुसार अतिरिक्त क्रियाकलाप अन्तरगत प्रतियोगिता सुरु भएको हो । मंगलबारबाट सुरु भएको खेलकुद प्रतियोगित अन्तरगत चार फुट १० सेमी मुनिका छात्रतर्फ फुटबल, कक्षा १० […]

केर्खाका सबिन खड्कालाई १० वर्षे छात्रवृत्ति, पहिलो किस्ता ५५०० प्रदान

Published: in परदेश (प्रवास), शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on केर्खाका सबिन खड्कालाई १० वर्षे छात्रवृत्ति, पहिलो किस्ता ५५०० प्रदान.

कमल । झापाली समाज युएईले शहीद धर्मभक्त माविका एकजना विद्यार्थीलाई कक्षा १० सम्म अध्ययन गरुन्जेलसम्मका लागि छात्रवृत्ति प्रदान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा अनाथ विद्यार्थीलाई प्रदान गरिने १० वर्षे छात्रवृत्ति कार्यक्रम अन्तर्गत कक्षा १ मा अध्ययनरत सबिन खड्कालाई ५ हजार ५०० रुपैयाँ प्रदान गरिएको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी […]

सभामुख र उपसभामुखलाई झापामा सम्मान गरिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on सभामुख र उपसभामुखलाई झापामा सम्मान गरिने.

झापा । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो । नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको […]

मेचीनगरको दोस्रो नगरसभाको दोस्रो बैठक आइतबार सम्पन्न

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरको दोस्रो नगरसभाको दोस्रो बैठक आइतबार सम्पन्न.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाको दोस्रो वैठक सम्पन्न भएको छ । आइतबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (१) का प्रदेश सांसद गोपाल तामाङले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तामाङले बैठकको उद्घाटन शत्रमा शुभकामना मन्तव्य राख्दै स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम […]

अरनिको माविमा चारकोठे पक्की भवन बन्ने, मेचीनगर प्रमुख उपप्रमुखद्वारा शिलान्यास

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on अरनिको माविमा चारकोठे पक्की भवन बन्ने, मेचीनगर प्रमुख उपप्रमुखद्वारा शिलान्यास.

मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरीस्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बनाइने भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा उक्त दुईतले चारकोठे पक्की भवनको आज शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८÷०७९ मार्फत विनियोजित ४५ लाखको बजेटबाट भवन निर्माण हुने […]

विकास गिरीको अध्यक्षतामा बिर्तामोड नगर खेलकुद विकास समिति गठन

Published: in खेलकुद, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on विकास गिरीको अध्यक्षतामा बिर्तामोड नगर खेलकुद विकास समिति गठन.

बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय खेलकुद विकास समिति गठन गरेको हो । बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ भने समितिको उपाध्यक्ष र […]

सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न.

मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्वर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई […]