कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ । गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु गर्न लागिएको हो । गाउँपालिकाका सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य चौकीको स्तरोन्नति गरी नगर अस्पतालबाट सेवा सञ्चालन […]
कमल । कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले आर्थिक अवस्था कमजोर भएका ३ जना छात्रालाई आर्थिक सहयोग गरेकी छन् । सन्थाल जातिहरुको गाउँपालिका स्तरीय प्रथम सोहरार्य कार्यक्रमका अवसरमा वडा नं. १ स्थित नरेन्द्र जनता माद्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई उपाध्यक्ष न्यौपानेले आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका विद्यार्थीको पढाइमा सहजीकरण गर्न उपाध्यक्ष […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको आज अनुगमन भएको छ । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले घरहरुको अनुगमन गरेको हो । सो वडामा जनता आवास कार्यक्रम अन्तर्गत ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्याएको बजेटबाट […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर पारेर शनिबार र आइतबार दुई दिन माघी पूर्णीमा पर्व मनाएको हो । नेपालको ७७ जिल्लामध्ये झापामा मात्रै बसोबास रहेको लोपोन्मुख […]
‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाबाट सिफारिस भईआएका १०–१० जना विपन्न ज्येष्ठ नागरिकलाई व्लाङ्केट वितरण गरेको छ । नगरपालिका कार्यालयमा आज बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच एक सय जनालाई व्लाङ्केट वितरण गरिएको हो । सामाजिक विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाबाट सिफारिस भएर आएका १०–१० जनालाई व्लाङ्केट वितरण गरिएको शाखा प्रमुख […]
भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिएका हुन् । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख […]
गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा पर्ने नेपाल–भारत सीमा क्षेत्रमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिकाका वडाध्यक्ष केदार […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतिक्षालयको रूपमा प्रयोग हुने गरी फरक तीन स्थानमा फलैंचा निर्माण गरिएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् । ३ लाख रूपैयाँको […]
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको टुंगो लगाएको छ । नगरप्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले ५ वटा वडाको जग्गा वर्गीकरणको टुंगो लगाएको हो । नगरपालिकाले भू उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग […]