मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माणका योजनाहरूको स्थलगत अनुगमनलाई तिब्रता दिएका छन् । यसै क्रममा आज नगरप्रमुख बुढाथोकीले मेचीनगर १ स्थित मेची नदीको डिल्लीगौंडा दक्षिणमा निर्माण कार्य भइरहेको जनताको तटबन्ध कार्यक्रमको स्थलगत अनुगमन गरेका हुन् । आर्थिक बर्ष २०७९/०८० को करिब दुई करोड रुपैयाँको लागतमा ३५० मिटर […]
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बिर्तामोड, झापा प्रथमपटक प्रकाशित मितिः २०७९/९/१९ बिर्तामोड नगरपालिकाद्वारा कार्यान्वयन हुने नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना काठमाडौ मार्फत स्तरोन्नति हुन गइरहेको परापूर्वकालदेखि चलिआएको बुट्टाबारी–प्याकुरेल चोक ६.२ कि.मि. सडकको मर्मत संभार तथा कालोपत्रे गर्ने सिलसिलामा बिर्तामोड नगरपालिका (साविक अनारमनी गाविस वडा नं. १ र गरामनी गाविसको वडा नं. २ र ३) […]
भद्रपुर। मोफसलकै प्रतिष्ठित र सर्वाधिक राशीको भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करण यही फागुन ७ गतेदेखि हुने भएको छ । प्रतियोगिता मेची रंगशालामा फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको हो । प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति तीव्र रुपमा भइरहेको छ । त्यस्तै, प्यारापिट र भवनको रंगरोगन कार्य पनि सुरु भएको छ । […]
मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक खेतीका रुपमा जडिबुटी खेती सुरु गरेका हुन् । सो खेतीको अगुवाई महेन्द्रद्वार सहकारी संस्थाद्वारा सञ्चालित सनराइज हर्वल उद्योगले गरेको छ […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै फोहोरको वर्गीकरण गर्न छलफल प्रारम्भ गरेको छ । सोही सिलशिलामा आइतबार वडा नं. ६ को कार्यालयमा नगरप्रमुख पवित्रा महतारा प्रसाई, […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिकामा सरोकारवाला र सम्बन्धित पक्षसँग गम्भीर रूपमा छलफल गरिएको हो । नेपालको पूर्वी प्रवेशद्वारमा नै रहेको काँकरभिट्टा बसपार्क विगत केही वर्षयता अस्तव्यस्त बनिरहेको छ । […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९÷८० को सिलिङ्गबजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा बाटोहरु ग्राभेलको तयारीमा रहेको ४ नं. वडा कार्यालयले जनाएको छ । वडा नं. ४ को पाथिभरा आधारभूत विद्यालयबाट साहु टोल, झापा इनर्जीहुँदै बोलोचाक बजार जाने १३ सय […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेका ज्येष्ठ नागरिकको सहभागिता थियो । नरेन्द्र अधिकारीले स्वागत मन्तव्य गरेको कार्यक्रममा […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढस्थित ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउने मध्ये सवैभन्दा धेरै उच्च रक्तचाप, मधुमेह, पेट, छाती र दमका विरामी रहेको सेन्टरका […]