दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही ढिलाई भएको प्रष्ट पार्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै धनिपूर्जासमेत वितरण सम्पन्न गर्ने बताए । स्थानीय तहमा आफूहरु निर्वाचित […]
दमक । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक अस्पतालमा उपेक्षित उष्णप्रदेशीय रोगहरुको एकीकृत उपचार कक्षको उद्घाटन गरेका छन् । फेयरमेडको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको एकीकृत उपचार कक्षको नगरप्रमुख थापाले उद्घाटन गरेका हुन् । पछिल्लो समय उपेक्षित उष्णप्रदेशीय रोगहरुका कारण बिरामाी बढ्न थालेपछि प्रभावकारी उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपचार कक्षा सुरु गरिएको जनाइएको छ […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि पहल सुरु भएको छ । लामो समयदेखि भारत तथा नेपालको अन्य क्षेत्रबाट आएका जंगली हात्तीको समस्या झेल्दै आएका मेचीनगरबासीको समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको समन्वयमा मेचीनगर क्षेत्रभित्र हात्ती नियन्त्रणका लागि ‘इलेक्ट्रो फेन्सीङ’ तारबार लगाउने कार्य अगाडि बढेको हो । पहिलो चरणमा नगरको १५ किमि फेन्सीङ […]
बिर्तामोड । झापाको बिर्तामोडमा पर्ने सैनिकमोडदेखि हल्दिबारीको गोलधाप बजार जाने सडक खण्डमा भइरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद छलफल पछि समाधान भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडिएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो । आज बिर्तामोड […]
शिवसताक्षी । झापा शिवसताक्षीको डुँडामारी र झिलझिले बजारका जीर्ण बन्दै गएका सडकमा फेरी कालो पत्रे गर्न सुरु गरिएको छ । सडकको कालोपत्रे उक्किन थालेपछि शिवसताक्षी नगरपालिका र सडक सडक बोर्ड नेपालको साझेदारी लगानीमा डुडाँमारी हल्लार चौक सडक र झिलझिले बजारका दुई सडकमा फेरी कालो पत्रे गर्ने काम सुरु गरिएको हो । सडकको जीणोद्धार लागि नगरको […]
बिर्तामोड । सार्वजनिक सडकको क्षेत्रमा निर्माण गरिएका संरचनाहरु हटाएर खाली गर्न बिर्तामोड नगरपालिकाले सूचना प्रकाशन गरेको छ । पुष १ गते सूचना जारी गर्दै नगरपालिकाले वडा नम्बर ३ स्थित सैनिकमोड चोकदेखि पूर्व मेची आँखा अस्पतालसम्मको भागमा सडकको क्षेत्र खाली गर्न निर्देशन गरेको हो । नगरपालिकाले सडकको केन्द्रबाट १५ मिटर सडक र ६ मिटर सेटव्याकसहित दायाँबायाँ […]
काँकरभिट्टाबाट २०७९ मंसिर १७ गते शनिबार बराहक्षेत्र अवलोकन गर्न हिडियो । इटहरीबाट पश्चिम झुम्का बजारको कान्छी चोकबाट उत्तरतर्फ लागियो । र बराहक्षेत्र पुगियो । त्यहाँ घुम्ने क्रममा सुनसरीको चक्रघट्टी बजार, बाङ्गे बजार, नडहा, चतरामा रहेको बालसन्त आश्रम हेर्दै श्रीराम शान्तिकुञ्ज महिला सेवा आश्रम पुगियो । सुनसरी जिल्लाको बराह क्षेत्रमा रहेको प्राचीन हरिद्वार चतरा धामको व्यवस्थापक […]
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको तयारी गरेको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा साताव्यापी महोत्सव आयोजना गरिने आज आयोजित पत्रकार भेटघाटमा बताइएको हो । विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनका अनुसार २०२९ साल पुस १ गते हल्दिबारी निम्न माध्यमिक विद्यालयका नाममा स्थापित […]
फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले साना साना व्यवसायीहरुसँग छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पुर्याउने सहकारी अभियानको उद्देश्यप्रति सबै एकाकार हुनुपर्ने बताएका छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले फिदिममा स्थापना गरेको सेवा केन्द्र उद्घाटन समारोहमा नगर प्रमुख काफ्लेको यस्तो भनाई आएको हो । […]
शिवसताक्षी । शिवसताक्षीको दूधेमा महिलाहरुका लागि नेतृत्व तथा व्यक्तित्व विकास तालिम सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ को संयोजन सतासीधाम जेसीजको आयोजनामा महिलाहरुको क्षमता विकासका लागि दुई दिवशीय नेतृत्व तथा व्यक्तित्व विकास तालिमको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले महिलाहरुले पनि आफ्नो क्षमता विकास […]