Sajhamanch Archive

झापाका १०० अर्फन बालबालिकालाई नगद र स्वास्थ्य सामग्री प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापाका १०० अर्फन बालबालिकालाई नगद र स्वास्थ्य सामग्री प्रदान.

कमल । हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग तथा वर्क फर नेपालको सहकार्यमा आज झापामा रहेका अर्फन बालबलिकालाई आर्थिक सहयोग, स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सामग्री प्रदान गरेको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा भएको कार्यक्रममा झापामा रहेका १०० जना अर्फन (आमाबुबा विहीन) बालबालिकालाई आर्थिक सहयोग र स्वास्थ्य सामग्री […]

नेपाल राष्ट्रिय शिक्षक संगठन कमलद्वारा १० उत्कृष्ट शिक्षक सम्मानित

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on नेपाल राष्ट्रिय शिक्षक संगठन कमलद्वारा १० उत्कृष्ट शिक्षक सम्मानित.

कमल । संगठनलाई सहयोग पुर्याउने उत्कृष्ट शिक्षकलाई सम्मान गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ परिषदको तेस्रो भेला सम्पन्न भएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न परिषदको भेलामा संगठनको विकास र प्रगतिमा निरन्तर सहयोग पुर्याउने एवम् शिक्षा क्षेत्रमा लामो समयसम्म निरन्तर विभिन्न जिम्मेवारीमा रहेर योगदान गर्ने १० जना शिक्षकलाई सम्मान […]

चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीको वैदिक साकोसमा नयाँ नेतृत्व सर्वसम्मत चयन.

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभाले प्रकाश निरौलाकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनका रूपमा सम्पन्न सभाले ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा डिल्लीराम अधिकारी, सचिव सोमप्रसाद ढुंगेल, सहसचिव तारा अधिकारी खनाल र कोषाध्यक्षमा मञ्जु खतिवडा अधिकारीलाई सर्वसम्मत चयन गरेको हो […]

बिर्तामोडमा नयाँ अभ्यास, फिल्डमै निस्किएर नगरप्रमुखद्वारा जग्गा वर्गीकरणको अनुगमन गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा नयाँ अभ्यास, फिल्डमै निस्किएर नगरप्रमुखद्वारा जग्गा वर्गीकरणको अनुगमन गर्ने.

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिका अन्तरगत स्थानीय भू–उपयोग परिषदको बैठकले निकट भविष्यमा जग्गा वर्गीकरणको कामसक्ने विषयमा छलफल गरेको हो । बुधबारको बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोलीसहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाले सबै वडामा […]

शी लिड्सले महिलालाई राजनीतिमा सशक्त बनाउने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on शी लिड्सले महिलालाई राजनीतिमा सशक्त बनाउने.

झापा । विगत ७ वर्षदेखि महिलामा नेतृत्व विकास र अग्रताका लागि काम गरिरहेको दलित महिला केन्द्र नेपालले बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी लैङ्गिक समानताका लागि आवाज बुलन्द गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापामा शी लिड्स परियोजनाको कार्यक्रम लागू भएका पालिकाहरुबाट जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता थियो […]

सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on सताक्षीधाम जाने सडक कालोपत्रे बनेसँगै पर्यटकको संख्यामा बृद्धि.

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे लगाउने काम सम्पन्न भएसँगै सताक्षीधाममा पर्यटकको संख्यामा बृद्धि भएको धाम विकास समितिले जनाएको छ । सडक निर्माण सँगै शिवसताक्षी नगरपालिकाले […]

नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on नगरप्रमुख थोप्राले गरे सरानिय काम, लालपानीका सुख्खाग्रस्त क्षेत्रमा ढकालपुर पैनी सञ्चालन.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ । हिउँदे बाली, मकै, तोरी, गहुँ कृषि उत्पादन बढाउन नगरपालिकाले जेसीबि लगाएर पैनी सञ्चालनमा ल्याएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा .(रोषन)ले बताए। उनले कनकाई नदि नजिकै भएपनि हिउँद […]

कालिस्थानमा महायज्ञ सुरु, दाताहरु सम्मानित

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थानमा महायज्ञ सुरु, दाताहरु सम्मानित.

अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ । नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको समुद्घाटन गरिएको हो । महायज्ञ समुद्घाटन समारोहमा बोल्दै जगतगुरु मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको बताउँदै शिवपुत्र स्वामी कार्तिकेय […]

पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पर्यटकीय स्थल दोमुखा जाने सडक कालोपत्रे बन्ने, पौषको अन्तिम साताबाट काम सुरु हुने.

शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखा जाने बाटो कालो पत्रे हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित दोमुखा पर्यटकीय क्षेत्र जाने करिब २.९ किमी बाटो यही पौषको अन्तिम साताबाट काम सुरु गरिने शिवसताक्षी नगरपालिकाले जनाएको हो । नगरपालिकाले उक्त बाटो कालो पत्रे गर्न चालु वर्षको नगर स्तरीय बजेटबाट ६ करोड विनियोजन गरेको […]

कुभिण्डेलीको ‘बाबा बिनाको घर’ विमोचित

Published: in लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on कुभिण्डेलीको ‘बाबा बिनाको घर’ विमोचित.

भद्रपुर । कवि भानुभक्त कुभिण्डेलीको १६औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोककाव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोककाव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलाबारीमा विमोचन गरिएको हो । कवि कुभिण्डेलीको अध्यक्षता तथा पंण्डित अभिचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा पुस्तक विमोचन गरिएको थियो । द्रोण अधिकारीले कृतिको परिचर्चा गरेको कार्यक्रममा […]