शिवसताक्षी । झापा शिवसताक्षीमा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्वील चियर वितरण गरिएको छ । आज नगरपालिकाको कार्यालयबाट नगरका वडाहरुबाट छनौटमा परेका १० जनालाई ह्वील चियर वितरण गरिएको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले उक्त सामाग्री प्रदान गरेको हो । ह्वील चियर […]
शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन भएपछिको पहिलो पत्रकार भेटघाटका क्रममा उनले क्षेत्र नं. ४ मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण […]
भद्रपुर । एबीसी नेपालले आज जिल्ला कारागार भद्रपुरमा बन्दी जीवन बिताइरहेका महिला तथा बालबालिकालाई कपडा तथा पुस्तक प्रदान गरेको छ । हिंसा पीडित महिला हक अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्थाले महिलाका लागि साडी, बालबालिकाका लागि न्यानो कपडा र जीवनोपयोगी पुस्तक प्रदान गरेको हो । एबीसी नेपालको संयोजनमा र भद्रपुर नगरपालिका, कानूनी परामर्स केन्द्र (ल्याक), […]
हल्दीवारी । झापा क्षेत्र नं. ३ बाट नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधबार एकैदिन तीनवटा पूलको शिलान्यास गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका लिङ्देनले हल्दीबारी गाउँपालिकामा निर्माण हुन लागेका ३ वटा पक्की पूलको शिलान्यास गरेका हुन् । लिङ्देनले शिलान्यास गरेका पूलहरुमा वडा नं. १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव ७ मिटर […]
अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित आगामी मंसिर १८ गतेबाट २९ गतेसम्म विराट महायज्ञ गरिन लागेको हो । संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साटासाट कार्यक्रम र ग्रामीण महिला बंगुर साटासाट कार्यक्रम अन्तर्गत समूह छनोट गर्न फिल्ड अनुगमन गरेकी हुन् । नगरप्रमुखको फिल्ड भ्रमणले […]
भद्रपुर । झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४०३ मतका साथ पहिलो दल भएको छ । त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४२० मतका साथ दोस्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) १३ हजार ७३० मतका साथ तेस्रो भएको छ । यस्तै नेकपा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पूलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौला लगायतको टोलीले आज अनुगमन गरेको हो । पूल नहुँदा सो क्षेत्रका बासिन्दा आवतजावतमा असहज थियो । सो असहजतालाई अन्त्य गर्दै […]
सूर्याेदय (इलाम) । झापाका केही सामाजिक संस्थाको संयोजन एवम् सूर्याेदय नगरपालिका, वडा नं. ७ र रोङ गांउँपालिकाको आयोजनामा इलाम जिल्लाको सूर्याेदय नगरपालिका ७ स्थित अम्बोटारमा आज एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको संयोजन, बीएण्डसी अस्पताल, बिर्तामोड आँखा अस्पताल र नेपाल औषधि व्यवसायी संघको […]
कचनकवल । नेपाली कांग्रेसका नेता तथा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा उपविजयी उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफूलाई मतदान गर्ने मतदाताप्रति आभारसहित धन्यवाद प्रकट गरेका छन् । झापा क्षेत्र नम्बर ३ अन्र्तगत कचनकवनको बनियानीमा एक कार्यक्रम आयोजना गरी त्यहाँका मतदातालाई आभार प्रकट गर्दै धन्यवाद दिएका हुन् । सो क्रममा सम्बोधन गर्दै नेता सिटौलाले लोकतन्त्रको अभ्यासमा […]