भद्रपुर । किरात मुन्धुम अध्ययन केन्द्र झापाले परम्परागत किरात संस्कृतिको संरक्षणका लागि सरोकारवालासँग आज चन्द्रगढीमा अन्तरक्रिया गरेको छ । केन्द्रका झापा अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जितेन राईको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा शान्तिदेवी राईले मुन्धुमका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्राध्यापक डाक्टर पृथ्वीविक्रम राई लगायत झापाका अग्रज किरात समुदायका व्यक्तित्वहरूको सहभागिता […]
भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमति पछि हटाइएको छ । भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासनको रोहवरमा सडक विभागसँग सहमती गरी हटाइएको हो । सहमती अनुसार निर्माण सम्पन्न नहुञ्जेल […]
दमक । ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ देशैभर आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तरगत दमक नगरपालिकासहित विभिन्न ३० वटा अधिकारवादी संघ–संस्थाहरुको सहकार्यमा दमकमा पनि कार्यक्रम सुरु भएको हो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रमका वक्ताहरुले कुनै पनि प्रकारका […]
कनकाई । झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक नमूना क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी) साँवाले प्रतिवद्धता गरेका छन् । नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्यसमेत रहेका साँवाले निकटतम् प्रतिष्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेवेलाई ६ हजार ८६७ मतान्तरले पछि […]
मचीनगर । झापाको मेचीनगर नगरपालिकाले नयाँ बारूण यन्त्र (दमकल) खरिद गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । ‘बिगतमा एउटा मात्रै दमकल हुँदा नगरमा आगलागीबाट ठूलो क्षति ब्यहोर्नु परेको थियो’ नगर प्रमुख बुढाथोकीले भने, ‘त्यसलाई न्यूनीकरण गर्नका लागि मेचीनगरमा नयाँ दमकल खरिद गरिएको […]
भद्रपुर । झापा क्षेत्र नम्वर ३ अन्तरगत प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार छविलाल चुडाल निर्वाचित भएका छन् । एमाले उम्मेदवार चुडालले माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई ४,९६९ मत अन्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन कार्यालयले दिएको विवरण अनुसार चुडालले १७ हजार ५५५ मत प्राप्त गरेका छन् भने राजवंशीले १२ हजार ५८६ मत पाएका […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मतमात्र पाए । शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई जितेका […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा आज साँझ झिलझिली भएको छ । बालाचतुदशी मेलाका लागि र धार्मिक अनुष्ठानका लागि सताक्षीधामलाई पारेर झिलझिली सिगारिएको हो । धाम विकास समितिले र गोलोक गोबद्र्धन गौशालालले बालाचतुदर्शीका लागि सम्पूर्ण तयारी भएको जनाएको छ। आज साँझ सताक्षीधाममा भजन कीर्तन गरेर रातै भरी जाग्रम बस्ने चलन छ । भोली […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ मा निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, […]
कनकाई । झापा निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नं. ४ को ७०० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमाले लालप्रसाद साँवाले १९७ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका देउमान थेवेले ११५ मत प्राप्त गरेका छन् । त्यसैगरी […]