कनकाई । झापा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेदवारले देश बनाउनै नसक्ने ठोकुवा गरेका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहेका एमाले नेता साँवाले चुनावी घरदैलो अभियानका क्रममा कनकाई वडा नं. ७ स्थित दुर्गापुर बजारमा भएको कोणसभालाई सम्बोधन […]
झापा । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकुमार रानाले सोचेजस्तो सहयोग नपाउने अवस्था रहेको प्रतिदिनमा खबर छ । सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसँगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी […]
अर्जुनधारा । बसोबासमा देखिएका समस्या, गरिबी उन्मुलन तथा भूमि सम्बन्धी समस्याको समाधानमा आफ्नो पार्टी सदैब लाग्ने नेकपा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरेले बताएका छन् । झापा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार घिमिरेले आज अर्जुनधारा नगरपालिका वडा नं. १० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा उक्त धारणा राखेका हुन् । पछिल्लो […]
बिर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको स्मरण गराएका छन् । ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनाव केन्द्रित मात्रै नभएको जिकिर गरेका हुन् । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त […]
भद्रपुर । प्रदेश १ कै सर्वाधिक ब्रतालु तथा अवलोकनकर्ता भेला हुने नेपाल–भारतको सीमानाकासँग जोडिएको भद्रपुरस्थित मेची नदी किनारमा छठ पूजाको तयारी पूरा भएको छ । आज आइतबार बेलुका अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै मनाइने मिथिलाञ्चलबासीको मुख्य चाड छठपर्वका लागि भद्रपुर ५ स्थित मेची नदी किनारमा तयारी पूरा भएको हो । धार्मिक, साँस्कृतिक […]
कमल । जनसंगीत कलाकार संघ कमल गाउँकमिटीद्वारा केर्खा बजारमा खेलिएको देउसीले दर्शकलाई निकै फरक अनुभूति दिलाउँदै सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ । हिजो पञ्चायती व्यवस्था विरुद्ध रातीराती पेट्रोलमेक्स बालेर जनवादी गीतमा खेलिएको देउसी भैलोले अहिलेका युवा पुस्ताको मनलाई खासै नछोला तर त्यो पञ्चायती व्यवस्थाका विरुद्ध लाग्ने सबैलाई यस्ता गीत र नृत्यले मन […]
दमक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङ्सेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ । १६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा माङ्सेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेल मैदानमा प्रतियोगिता आयोजना गरिने छ । लालीगुँरास युवा क्लवले दमकमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । प्रचार प्रसारको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अहिले साँझ लक्ष्मी पुजा गरि लक्ष्मीको आरधाना गरिएको छ । नगरपालिका तिहार विदा भएपनि नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, शिक्षा शाखा प्रमुख छविढकाल लगायतले नगरपालिकमा लक्ष्मी पुजा गरेका हुन् । उनीहरु नगरपालिका अगाडी रंगोली बनाई लक्ष्मी पुजामा सरिक भएका थिए । लक्ष्मी पुजा […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरबार र दल भित्रका खराब पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले […]
सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका वडा नं. ६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले […]