Sajhamanch Archive

बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

Published: in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, साहित्य, स्थानीय तह by . Leave a Comment on बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान.

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य […]

केरखामा रहेको उद्यमशील महिला जागरण केन्द्रको साधारणसभा सम्पन्न

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on केरखामा रहेको उद्यमशील महिला जागरण केन्द्रको साधारणसभा सम्पन्न.

कमल । उद्यमशील महिला जागरण केन्द्रले आफ्नो चौथो वार्षिक साधारण सभा बिहबिार सम्पन्न गरेको छ । जनचेतनाको अभावका कारण समाजमा देखिने बिकृति र विसंगती, महिला हिंसा, बाल हिंसा, यौन शोषण, लागुपदार्थ दुव्र्यसनी झैझगडा लगायतका समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले २०७४ सालमा सो संस्था स्थापना भएको थियो । यस्ता समस्याहरु समाधानका लागि गरिने तालिम, गोष्ठी तथा सेमिनारले […]

गोयल परिवारले छात्रालाई दिए साइकल र शैक्षिक सामग्री

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on गोयल परिवारले छात्रालाई दिए साइकल र शैक्षिक सामग्री.

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा जन्मिएर लामो समय भद्रपुरमै बिताई हाल विराटनगरमा बसोबास गर्दै आएको समाजसेवी गोयल परिवारले भद्रपुरका ११ जना छात्रालाई अध्ययनमा सहजताका लागि साइकलसहित शैक्षिक सामग्री प्रदान गरेको छ । समाजसेवी दीनबन्धु गोयलको आयोजना र भद्रपुर मारवाडी संघको सहआयोजनामा संघकै सभाहलमा आज आयोजित एक संक्षिप्त समाारेहका बीच साइकल, शैक्षिक पोशाक र छात्रबृत्ति प्रदान […]

फोहोरको दिगो व्यवस्थापन हुनुपर्नेमा झापा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेको जोड

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on फोहोरको दिगो व्यवस्थापन हुनुपर्नेमा झापा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेको जोड.

विर्तामोड । फोहोरको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट बैज्ञानिक खालको बनाउनु पर्नेमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले जोड दिएका छन् । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा बिर्तामोड नगर सरसफाई अभियानलाई सम्वोधन गर्ने क्रममा उनले निर्वाचनको निजिकियो भनेर फाहारमै बस्न नसकिने बताउँदै […]

शिवसताक्षी नगरपालिकामा नागरिक सहयता कक्ष स्थापना, सेवा ग्राहीलाई प्रकृयागत झन्झट नहुने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकामा नागरिक सहयता कक्ष स्थापना, सेवा ग्राहीलाई प्रकृयागत झन्झट नहुने.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाल नागरिक सहायता कक्षको स्थापना गरेको छ। नगरपालिकाले नगरमा आउने सेवा ग्राहीलाई सहजहोस् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरिएको हो । नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोषन)ले उपप्रमुख नरमाया कार्कीले नागरिक सहयता कक्षबाट काम सुरु गरेका छन् । हेल्प डेक्समा कर्मचारी व्यवस्थापन गरी नगरपालिकामा आउने विभिन्न कामहरुको सहजीकरण गर्ने नगरप्रमुख थोप्राले जानकारी […]

झापामा वैदेशिक रोजगरीबाट पर्केर आफ्नै देशमा बस्न चाहने लक्षित कार्यक्रम सुरू

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा वैदेशिक रोजगरीबाट पर्केर आफ्नै देशमा बस्न चाहने लक्षित कार्यक्रम सुरू.

भद्रपुर । वैदेशिक रोजगारीबाट फर्केर नेपालमै काम गर्न खोज्ने तथा स्वरोजगारका लागि व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा आएको छ । कथा नेपाल संस्था मार्फत झापाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’ नाम दिएर सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति […]

जन्मदिनमा मुकेशले दिए विपन्न बालकको उपचारमा आर्थिक सहयोग

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on जन्मदिनमा मुकेशले दिए विपन्न बालकको उपचारमा आर्थिक सहयोग.

दमक । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाँधमा रहेका एक बालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियतासहित आर्थिक सहयोग र दमक नगरपालिकाका प्रमुख राम थापाको पहलमा उपचारको ब्यवस्थापन गरिएको छ । दमक अस्पतालमा उपचाररत अतिविपन्न एक बालकलाई उपचारका लागि धरान लैजान आफ्नो जन्मदिनको अवसरमा क्लवका सह कोषाध्यक्ष मुकेश गुप्ताले नगद ३१ […]

कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

Published: in लोकप्रिय, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने.

अर्जुनधारा । कालिकापीठ कालिस्थानको १८औं वार्षिकोत्सबको अवसर पारेर ११ दिवसीय बृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ । धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि आयोजना हुने वार्षिकोत्सबको तयारीका लागि कालिकापीठमा सप्पन्न छलफलबाट उक्त निर्णय भएको हो । छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउँदै कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध […]

प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सातवटा एकाइमा गरिएको माइन्युट प्रमाणीकरण गर्दै असोज २९ गते सम्पन्न भएको छ । झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले बिर्तामोडमा प्रतिनिधिमुलक साधारण सभा गरी माइन्यूट प्रमाणीकरण गरेको हो । साधारण सभामा १४० जना चुनिएका […]

कमल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा अधिकारी

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कमल उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा अधिकारी.

कमल । कमल उद्योग वाणिज्य संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट वीरेन्द्र अधिकारी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको उद्योग उपाध्यक्षमा अमल श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा भुवन चौलागाईं, महासचिव युवराज पाठक, उद्योग सचिव सन्तोष राई, वाणिज्य सचिव कृष्णप्रसाद ओझा र कोषाध्यक्ष भगिरथ रिजाल सम्र्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक चक्रबहादुर गुरुङ्गले जानकारी दिएका छन् । […]