शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले सडक अतिक्रमण गरी पैदल यात्रीलाई हिडडुल गर्न समस्या भएको भन्दै सडक अतिक्रमण हटाउने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका सडकहरुमा छाप्रा, टहरा सडक किनारामा राखिएका निर्माण सामाग्रीहरु हटाई दिन आग्रह गरेको हो । शिवसताक्षी नगरपालिकाले सुन्दर नगर निर्माण गर्ने उद्देश्यका साथ पहिलो चरणमा सडक अतिक्रमण हटाउन […]
झापा । छिमेकी देश भारतबाट आयात हुने मरेका अस्वस्थकर माछाको बिक्री वितरणमा झापा जिल्लाभर पूर्णतया रोक लगाइने भएको छ । कनकाई माई पूर्वका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरुको हालैको भेलाले उक्त निर्णय गरेको हो । बजार अनुगमनका क्रममा बिर्तामोड लगायतका शहरी क्षेत्रमा फर्मालिन हालेर नकुहिने बनाइएको तर धेरै दिनसम्म बिक्री नभएका […]
झापा । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछि तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरीएको हो । शिविरको नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गरेकी हुन् । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट)को प्राविधिक सहयोगमा सुरु गरीएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । […]
झापा । जिल्ला सहकारी संघ झापाले हालै अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकामा सहकारीकर्मीहरुको भेला गरी पालिका सहकारी समन्वय समिति गठन गरेको छ । जिल्ला सहकारी संघका कार्यालय प्रमुख सञ्जु देवानले उपलब्ध गराएको विवरण अनुसार भाद्र २८ गते अर्जुनधारामा र २९ गते बाह्रदशीमा समन्वय समिति गठन गरिएको हो । जिल्ला संघका उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा […]
झापा । प्रदेश १ का नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संवैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट प्रशिक्षण गराउने कार्यलाई निरन्तरता दिएको छ । केन्द्रले १४ जिल्लाका पालिका प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको केही समयपछि आज झापाका वडाध्यक्षहरुका लागि तालिम सञ्चालन सुरु गरेको छ । केन्द्रका निर्देशक विष्णुकुमार […]
कनकाइ । नेपाली कांग्रेस कनकाई नगरपालिका वडा नं ९ का कृयाशिल कार्यकर्ताको भेलाले गणेशप्रसाद उप्रेतीको सभापतित्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । उक्त कार्य समितिको उपसभापतिमा शिव राजवंशी र लता श्रेष्ठ, सचिवमा राजेन्द्र आङबुहाङ र भोलानाथ मिश्र, सहसचिवमा जीवनकुमार श्रेष्ठ र दिवस पराजुली चयन भएका छन् । समितिका सदस्यहरुमा युवराज मिश्र, गणेशचन्द्र राजवंशी, […]
दमक । लायन्स क्लव अफ झापा दमकले अति विपन्न परिवारसंग दशै कार्यक्रम अन्तरगत झापाको कमल गाँउपालिका वडा नं। ६ का अति बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । क्लवका कोषाध्यक्ष एवं दमकका युवा व्वसायी सन्दिप साहेवालाको जन्मदिनको अवसर पारेर उनको वित्तीय सहयोगमा १० घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो । क्लबका सचिव विष्णुप्रसाद पोखरेलले दिएको […]
काठमाडौं । काठमाडौं महानगरपालिका, सहकारी विभागले सहकारी संस्थाले वार्षिक साधारणसभा गर्दा उद्घाटन सत्र तथा मन्तव्यका कायक्रम नराख्न निर्देशन दिएको छ । विभागले ९ बुँदे निर्देशन जारी गर्दै साधारणसभाका उद्घाटन सत्र नराखी सोझै एजेण्डामा छलफल गर्न सहकारी संस्थालाई निर्देशन दिएको हो । महानगरको कार्यक्षेत्र भएका संस्थाहरुलाई जारी गरेको निर्देशनमा साधारणसभामा सदस्यहरुको भूमिकालाई अझ सक्रिय बनाउन उद्घाटनसत्र […]
शिवसताक्षी । झापा जिल्ला सहकारी संघले आज शिवसताक्षीमा पालिका सहकारी समन्वय समिति गठन गरेको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा नगरपालिकाको सभाकक्षमा आयोजित सहकारीकर्मीहरुको भेलाले ९ सदस्यीय पालिका सहकारी समन्वय समिति गठन गरेको हो । पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका राजनारायण राजवंशीको संयोजकत्वमा ९ सदस्यीय शिवसताक्षी नगरपालिका सहकारी समन्वय समिति […]
शिवसताक्षी । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधाम–कनकाई–दोमुखा क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्ने आश्वासन दिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं ९ र १० को संयुक्त आयोजनामा सम्पन्न जनतासँग कांग्रेस अभियान अन्तर्गत कार्यक्रममा नेता थेवेले सो आश्वासन दिएका हुन् । कनकाई धाम, कन्काइ नदीमा तटबन्ध निर्माण, सताक्षीधाम, कोटीहोम, दोमुखा […]