Sajhamanch Archive

गौरीगञ्जबाट माओवादीभित्र विद्रोहको शुरुआत विद्यानन्दसिंह

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on गौरीगञ्जबाट माओवादीभित्र विद्रोहको शुरुआत विद्यानन्दसिंह.

गौरीगञ्ज । सयौं नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका माओवादी नेता विद्यानन्दसिंह राजवंशीले गौरीगञ्जमा माओवादीभित्र विद्रोहको शुरुआत मात्रै भएको बताएका छन् । उनले पहिलो चरणको पार्टी प्रवेश शुरुआत मात्रै भएको बताउँदै उनले झापा जिल्लाभर यसको प्रभाव पर्ने ठोकुवा गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा उनले गौरीगञ्जमा माओवादी शून्य बनाइदिने घोषणा गरेका छन् । माओवादीबाट जनताले मुक्ति […]

राप्रपाले गौरादहमा चुनावी सक्रियता बढायो

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on राप्रपाले गौरादहमा चुनावी सक्रियता बढायो.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरादहमा चुनावी गतिविधि बढाएको छ। गौरादह डिपु चोकस्थित नगर पार्टी कार्यालयमा बुधबारर आयोजित विस्तारित भेलाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि प्रचार प्रसार अभियानलाई तिब्रता दिने भएको हो। विस्तारित भेलामा केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट, केन्द्रीय सदस्य तथा केन्द्रीय वाणिज्य विभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशवप्रसाद […]

कमलमा आयुर्वेद अस्पतालको उद्घाटन स्थानिय उत्साहित

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलमा आयुर्वेद अस्पतालको उद्घाटन स्थानिय उत्साहित.

कमल । झापाको कमल गाउँपालिका ६ स्थित प्रदेशिक आयुर्वेद अस्पतालको आज एक कार्यक्रममा बिच १ नम्वर प्रदेशका स्वस्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलक सिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन भएपछि स्थानिय उत्साहित भएका छन् ।२०७५ सालमा तत्कालिन प्रदान मन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको अस्पताल आज मन्त्री द्वयले संयुक्त […]

मेची नदीले बगाएर एक युवकको मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on मेची नदीले बगाएर एक युवकको मृत्यु.

भद्रपुर । मेची नदीमा पौडिएर भारततर्फ जान खोज्दा हिजो दिउँसोदेखि हराइरहेका एक युवकको मृत्यु भएको छ । उनको शव मंगलबार बिहान प्रहरीसहितको टोलीले फेला पारेको हो । भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट सोमबार दिउँसो साढे ४ बजे मेची नदीमा पौडिएर भारत जान खोज्दा सामुएल भूजेल बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीले बगाउँदा बेपत्ता भएका […]

बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकामा विशेष नगरसभा : तीनवटा विधेयक पारित.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा आज गरिएको विशेष नगरसभाले तीनवटा विधेयक पास गरेको छ । विशेष नगरसभामामार्फत् आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले पास गरिएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा सम्पन्न विशेष […]

उजारु राजवंशीको घर निर्माणका लागि सहयोग जुट्दै

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on उजारु राजवंशीको घर निर्माणका लागि सहयोग जुट्दै.

बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता स्व. उजारु राजवंशीको घर निर्माणका लागि सहयोग संकलन हुन थालेको छ । राजवंशी परिवारको घर निर्माण गरिदिन दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको संयोजकत्वमा इन्द्रसिंह राजवंशी, सुमन राजवंशी, सरोज पौडेल र उमानाथ भण्डारी रहेको स्व. उजारु राजवंशी भवन निर्माण समिति गठन गरिएको […]

नेपाल मुस्लिम संघ बिर्तामोडमा नयाँ नेतृत्व

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on नेपाल मुस्लिम संघ बिर्तामोडमा नयाँ नेतृत्व.

बिर्तामोड । नेपाली कांग्रेस निकट नेपाल मुस्लिम संघको बिर्तामोड नगर अधिवेशनले रहमान शेखको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । आज सोमबार गठित समितिको उपसभापतिमा समिर अन्सारी, सचिवमा साहाबुद्धिन शेख, सहसचिवमा समिर शेख र कोषाध्यक्षमा मोहमद हुसेन मियाँ चयन भएका छन् । यस्तै समितिका सदस्यहरुमा महमद फरिहल, बासिब मियाँ, जरुल मियाँ, सनौबर अलि खान, नेबुवा […]

शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी वडा नं. ४ को सय दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता.

शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशल्क स्वास्थ्य विमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा […]

बाह्रदशी गाउँपालिकामा नयाँ जनप्रतिनिधिका १०० दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिकामा नयाँ जनप्रतिनिधिका १०० दिनः स्वास्थ्य र शिक्षामा प्राथमिकता.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेर कार्यभार सम्हालेको आज १०० दिन (हनिमुन अवधि) पूरा भएको छ । गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाईले अध्यक्षको जिम्मेवारी पाएपछि जनताको सेवामा क्रियाशील भएको १०० दिनमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी दिएका छन् । ‘कार्यभार सम्हालेर जनताको बीचमा सय दिन काम गर्दैगर्दा शिक्षा र स्वास्थ्यलाई […]

शिक्षक महासंघ कमलको अधिवेशन भदौ २० मा हुने

Published: in मुख्य समाचार, राजनीति, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on शिक्षक महासंघ कमलको अधिवेशन भदौ २० मा हुने.

कमल । नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा झापाको कमल गाउँपालिकामा क्रियाशील शिक्षकहरुको प्रतिनिधि संस्थाको बैठक बसेर शिक्षक महासंघ गठनका लागि आ–आफ्नो संस्थाबाट कायम रहेका सदस्यहरु निर्धारण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन कमल गाउँ कार्यसमितिको आयोजनामा वडा नम्बर ५ स्थित मंगलमय माध्यमिक विद्यालयमा आज सम्पन्न बैठकले सो निर्णय गरेको हो । शिक्षक […]