भद्रपुर । पछिल्लो एक दशकदेखि वातावरण तथा सरसफाई अभियानमा सक्रिय रहँदै आएको क्लिन झापाले सोमबार १०औं साधारणसभा सम्पन्न गरेको छ । झापाको भद्रपुर ७ स्थित संस्थाकै कार्यालय परिसरमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा आयोजित साधारणसभाको भद्रपुुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले उद्घाटन गरेकी थिइन् । समारोहका प्रमुख अतिथि उपप्रमुख कार्कीले क्लिन […]
कनकाई। कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि र पशुपालन क्षेत्रमा नगरबासीलाई सरिक गराएर कृषि क्रान्ति ल्याउने आफ्नो अभिष्ट रहेको बताएका छन् । नगरपालिकाको सभाहलमा शनिबार आयोजित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तरगत आ.व. २०७८/७९ मा भएका कार्यक्रमको सार्वजनिक सुनवाईमा उनले त्यस्तो बताएका हुन् । कनकाई नगरपालिका र हेपर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको […]
मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ। हिजो भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए । नवनिर्वाचित कमिटीलाई खदा तथा अबिर लगाएर कार्यक्रमका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नगर इन्चार्ज […]
कमल । पछिल्लो समय युवाहरुको होटल व्यवसायतर्फ आकर्षण बढ्न थालेको छ । झापाको कमल गाउँपालिका ३ का तर्कराज सुब्बाले टेस्टी स्टेसन नामक होटल सञ्चालनमा ल्याए पछि यसले थप पुष्टि गरेको हो । कमलको मुख्य बजार केर्खा चौकमा १० लाख रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सुब्बाले बताए । सिंगापुरमा होटल म्यानेजमेन्टको अध्यायन पूरा […]
बनियानी । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सूर्यमा भोट खसाल्न पाउनुपर्ने माग गरेका छन् । पार्टी अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा मन्तब्य राख्दै आज उनले यस्तो माग गरेका हुन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै केन्द्रीय सदस्य प्रसाइले यहाँका जनतालाई हलो र गाई […]
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले नेपालको निजी जग्गामा व्यवस्थितरुपमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि […]
कनकाई । कनकाई नगरपालिका वडा नं. ६ को बजेट सार्वजनिक सुनवाई गरेर सार्वजनिक गरिएको छ । वडा अध्यक्ष दीर्घबहादुर थापाले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक सुनवाईमार्फत् सार्वजनिक गरेका हुन् । वडाले पाएको बजेटको सिलिङ ८९ लाख २९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै वडाध्यक्ष थापाले बजेटमा भौतिक विकासतर्फ ४७ लाख ५० हजार, सामाजिक विकासतर्फ १६ […]
कनकाई । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन भइरहेको कनकाई साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष प्रवेशको अवसरमा प्रकाशकीय लेख्दै कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुहाउँदो बनाउँदै लैजाने सम्पादक/प्रकाशक लीलाराज झापालीले उल्लेख गरेका छन् । पत्रिका आठ वर्षमा प्रवेश गरेको अवसरमा सम्पादक/प्रकाशक झापालीले आगामी दिनमा समेत सबै क्षेत्रबाट यस्तै साथ र […]
विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ– ‘झापाको मुख्य व्यापारिक […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यसअघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले भू–उपयोग ऐन तथा नियमावली अनुसार नगरक्षेत्रभित्रका जग्गाको ६ महिनाभित्र वर्गीकरण गरिसक्नु पर्ने र सोहि अनुसार सम्पति, भूमिकर समायोजन गर्नुपर्ने भएकाले प्राविधिक कठिनाई उत्पन्न हुने हुँदा त्यस अवधिसम्मका लागि […]