बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा यहाँका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल जडानका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ […]
कनकाई । कनकाई नगरपालिका झापाले बिहीबार राजपत्र प्रकाशन गरी ‘कनकाई नगरपालिकाको आर्थिक ऐन २०७९’ सार्वजनिक गरेको छ । नगरपालिकामा यही साउन १ गतेदेखि लागू हुने आर्थिक कारोबारलाई कानुनसम्मत बनाउन ऐन सार्वजनिक गरिएको हो । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम पारित गरेर कार्यान्वयनमा लैजान आर्थिक ऐन जारी गरिएको हो । […]
विर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना र बिर्तामोड नगरपालिका विच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडक खण्ड निर्माणका लागि तयार गरीएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई आज रकमसहित पुरस्कार र सम्मान गरेको छ । नगरपालिकाको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले शिक्षक कर्मचारी सम्मान र पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभूत तहका शिक्षक श्यामप्रसाद दाहाल […]
बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का आशिक मुसहर यतिबेला आर्थिक अभावका कारण उपचारका लागि हस्पिटलमा छट्पटाई रहेका छन् । मुसहर समुदायका उनी आर्थिक अवस्था कमजोर भएका अति विपन्न हुन् । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका मुसहर ५७ वर्षीय हुन् । जीवनको रहरलाग्दो उमेरमा जनमुक्ति सेनाका सदस्य बनेका मुसहरलाई आफ्नै पार्टी सत्तामा […]
झापा । आर्थिक उपार्जनका लागि केही न केही गर्न अग्रसर झापाबासीहरुका ३८ हजार ७८९ वटा उद्योग, व्यापार र सेवा प्रतिष्ठान स्थापना भएकोमा आधाउधी जति नियामक निकायको स्वीकृति बिना नै सञ्चालनमा रहेको एक प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्क विभागले गरेको प्रथम आर्थिक सर्वेक्षण २०७५ को तथ्याङ्क अनुसार झापामा सञ्चालनमा रहेका उद्योग, व्यापार र सेवा प्रतिष्ठानमध्ये आधाजति […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित एकजना विपन्न परिवारको घर निर्माणमा मनकामना कलेज बिर्तामोडका विद्यार्थीहरुले योगदान गरेका छन् । सो कलेजमा सामाजिक कार्य विभाग (बिएसडब्लु)मा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा वविता पाँचकोटीको निर्माणाधिन घर बस्नयोग्य बनाइएको हो । निर्माणकार्य थालिएको, पिल्लर र बेसलेभल उठाइएको घरको संरचनामा जस्तापाता लगाउने, घेराबारा गर्ने र बस्नयोग्य घर विद्यार्थीले बनाइदिएका […]
कमल । कमल गाउँपालिका शिक्षा शाखाले पालिका भित्रका सामुदायिक विद्यालयमा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि पाठ्यक्रम प्रवोधिकरण सम्बन्धी दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सामुदायिक विद्यालयमा चालु शैक्षिक शत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित कक्षा सञ्चालन भइरहेको छ । सो विषयहरु कसरी अध्यापन गराउने, मूल्याङ्कन पद्धति कस्तो हुने आदि सन्दर्भहरुलाई […]
बुद्धशान्ति । पिकअप भेनको ठक्करबाट बुधबारेका एकजना अटो चालकको मृत्यु भएको छ भने अटोमा सवार दुईजना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सम्प्रेषण गरेको सूचनामा उल्लेख भए अनुसार मृत्यु हुनेमा अटो चालक बुद्धशान्ति गाउँपालिका वडा नं. ७ निवासी ४१ वर्षीय भानु खड्का हुन् । प्रहरी प्रवक्ता […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ स्थित नमूनाटोलमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ सेवा सुरु गरिएको छ । बैकको बुद्धशान्ति शाखाले आज एक कार्यक्रमको आयोजना गरी शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेले रिबन काटेर शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरिदिएका हुन् […]