Sajhamanch Archive

विर्तामोडका अपाङ्गता भएका व्यक्तिलाई सिलाई मेसिन उपहार

Published: in समाज, स्थानीय तह by . Leave a Comment on विर्तामोडका अपाङ्गता भएका व्यक्तिलाई सिलाई मेसिन उपहार.

विर्तामोड । बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै १० जना शारीरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरीएको हो । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गरेकी हुन् । सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी,दिपिका निरौला, सुष्मा अधिकारी,रञ्जु खतिवडा, […]

कर्णाली साकोसले कृषि तथा पशुपालन प्रवर्धनमा वडाहरुसँग सहकार्य गर्ने

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on कर्णाली साकोसले कृषि तथा पशुपालन प्रवर्धनमा वडाहरुसँग सहकार्य गर्ने.

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका पालिका र वडा कार्यालयहरुसँग कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेको छ । पशुपालनका निम्ति गोठ व्यवस्थापनमा लगानी गर्दै प्राथमिक उपचार, घाँस तथा दाना उत्पादनमा तालिम दिन वडा कार्यालयहरुले चाहना ब्यक्त गरेकाले कर्णालीले पनि कृषि तथा पशुपालनमा सेवा वृद्धि गर्ने […]

मेचीनगरमा बाढीको वितण्डाः नगरप्रमुख भन्छन्, तटबन्धनमा मात्र ५ अर्ब खर्च हुन्छ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा बाढीको वितण्डाः नगरप्रमुख भन्छन्, तटबन्धनमा मात्र ५ अर्ब खर्च हुन्छ.

मेचीनगर । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्रमा यो बर्खामा पनि उही दशा दोहोरिएको छ । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाई खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुर्याएर दशाको पुनरावृत्ति गराएको हो । मेचीनगरको अधिकांश क्षेत्र हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका […]

बिर्तामोड अब पूर्ण खोपयुक्त नगर

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड अब पूर्ण खोपयुक्त नगर.

बिर्तामोड । बिर्तामोड नगरपालिका अब पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रबार नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो । खोप समन्वय समितिको आज शुक्रबार बिहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरागरी पूर्ण खोपयुक्त वडा घोषणा भइसकेको जनाउँदै नगरपालिकालाई पूर्ण […]

शिवसताक्षीमा आगामी आवको बजेट ८९ करोड १६ लाख

Published: (Updated: ) in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा आगामी आवको बजेट ८९ करोड १६ लाख.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले लागि ८९ करोड १६ लाख ६२ हजार बजेट पारित गरेको छ । आज बसेको नगरसभाले आ.व. २०७९÷०८० का लागि उक्त बजेट पारित गरेको हो । नगरपालिकाले शशर्त अनुदान र निर्शत गरी नगर योजना तथा कार्यक्रमहरुमा १६ करोड ४८ लाख विनियोजन गरिएको छ । नगरका ११ वडाहरुमा ७ करोड ७० लाख, शिक्षा […]

पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on पानीको बहाव घटेसँगै घर फर्कन थाले शिवसताक्षीका बाढी पीडित.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामाग्री वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन […]

झापामा धान दिवस : कतै सामुहिक रोपाईं, कतै हिले दौड

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापामा धान दिवस : कतै सामुहिक रोपाईं, कतै हिले दौड.

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा सहइन्चार्ज रविन कोइरालाले देशको अर्थतन्त्र उकास्नका लागि कृषिमा पनि जोड दिनुपर्ने बताएका छन् । आज मेचीनगर–१३ स्थित तेलीबारीमा अखिल नेपाल किसान महासंघ मेचीनगर कमिटीले आयोजना गरेको १९औँ राष्ट्रिय धान दिवसको अवसरमा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज कोइरालाले यस्तो बताएका हुन् । कोइरालाले कृषिमा आत्मनिर्भर बन्न पनि […]

कनकाई नगरपालिकामा धान दिवसः नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाइने

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कनकाई नगरपालिकामा धान दिवसः नगरबासीलाई कृषिमा आत्मनिर्भर बनाइने.

कनकाई । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनामा सहयोग” भन्ने मूल नाराका साथ भmापाको कनकाईमा राष्ट्रिय धान दिवस मनाइएको छ । कनकाई नगरपालिका र कारितास नेपालको विशेष सहयोगमा राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगरपालिका वडा नं. ५ स्थित जैविक आईपिएम कृषक समूहको आयोजनामा सम्पन्न कार्यक्रमको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल एवम् […]

बाह्रदशीमा धान दिवसः हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने कार्यले दिलायो मनोरञ्जन

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशीमा धान दिवसः हिले दौड, हिले नाच, बीउ फ्याल्ने, हलो जोत्ने, बीउ रोप्ने कार्यले दिलायो मनोरञ्जन.

बाह्रदशी । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कार्यालयको आह्वान बमोजिम राष्ट्रिय धान दिवस मनाउने कार्यक्रमलाई बाह्रदशी गाउँ कमिटीले पूरा गरेको छ । गाउँ कमिटीको आयोजनामा बाह्रदशी वडा नं. ५ स्थित पूर्वीटोलमा नरप्रसाद सापकोटाको जमिनमा दही चिउरा खाँदै राष्ट्रिय धान दिवस कनाइएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज हरिबहादुर राजवंशीको प्रमुख […]

नगरपालिकासँग सहकार्य गर्दै संघ संस्थाले दिए राहत, खाद्य सामाग्री प्रदान गर्न नगरप्रमुखको आग्रह

Published: in समाज, स्थानीय तह by . Leave a Comment on नगरपालिकासँग सहकार्य गर्दै संघ संस्थाले दिए राहत, खाद्य सामाग्री प्रदान गर्न नगरप्रमुखको आग्रह.

शिवसताक्षी । अविरल वर्षाका कारणले शिवसताक्षीका राजवंशी, सन्थाल, ताजपुरियाल लगायतका समुदायहरु विस्तावित बनेका छन् । उनीहरुको उद्दार र राहतका लागि विभिन्न संघ संस्थाहरु जुटेका छन् । शिवसताक्षी वडा नं. ४ मा डुवानबाट विस्तावित बनेका ३३ परिवारलाई स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ। जसमा जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ […]