बिर्तामोड । बालमैत्री स्थानीय शासन वडा घोषणा अभियान अन्तरगत बिर्तामोड २ मा बालक्लब गठन गरिएको छ । एलिना तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरिएको हो । क्लबको उपाध्यक्षमा एन्जल गौतम, सचिव आयुष शिवाकोटी, सहसचिव दिपशिखा दास र कोषाध्यक्ष एलिजा भट्टराई चयन भएका हुन् । बाल सञ्जाल समितिका सदस्यहरूमा यादव मिश्र, इशान्त भट्टराई, […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा वडाध्यक्षहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् । आगामी आ.व.का लागि शिलिङ बजेट कटौति गरेको भन्दै पाँच वडाध्यक्षहरुले नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएका हुन् । आगामी आर्थिक वर्ष २०८०÷०८१मा वडा सिलिङ बजेट ६० लाख मात्र विनियोजन गर्ने विषय आफुहरुलाई चित्त नबुझेकाले त्यसो नगर्न ध्याकर्षण पत्र बुझाएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले […]
कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाई चयन भएका निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । समितिको सदस्यहरुमा मेदनीप्रसाद कोइराला, लैनबहादुर पौडेल, भिम नेपाल, उमेश […]
भद्रपुर । भद्रपुर ८ स्थित निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति भवन अगाडि चन्द्रगढी भेट्रान्स क्लबले मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्ने भएकोे छ । जिल्ला समन्वय समिति झापाको स्वामित्वमा रहेको मेची रङ्गशाला पश्चिमको चौरीमा क्लबले भाडा तिरेर जेठ २८ गतेबाट मनोरञ्जनात्मक साँगीतिक महोत्सव गर्न लागेको हो । महोत्सवमा हाउजी बिङ्गो लगायत सट्टेबजी सम्बद्ध खेलदेखि राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा […]
बिर्तामोड । पशुपालन व्यवसायमा आवद्व कृषकहरुको लागि बिर्तामोडमा आयोजित विभिन्न प्रकारका तालिमहरु सम्पन्न भएका छन् । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाले जेठ २३ गतेदेखि आयोजना गरेको विभिन्न प्रकारका तीनवटा तालिम शुक्रबार सम्पन्न भएको हो । नगरपालिकाले व्यवसायिकरुपमा बाख्रा पालन, गाईपालन र पशु आहार व्यवस्थापन साइलेज, हे र मिनिरल ब्लक बनाउने तालिम सञ्चालन गरेको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्रे भएको छ । शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो । उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित ४ करोड २४ लाख ८३ हजार २४५ रकमबाट कालो पत्रे भएको बताइएको छ । जसमा शिवसताक्षी नगरपालिकाको […]
कमल । झापाको कमल गाउँपालिकामा आज विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा गाउँपालिकाको सभाहलमा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा विपद व्यवस्थापनका क्षेत्रमा भए गरेका कार्यक्रमहरु र कानुनी प्रावधान, स्थानीय विपद व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारका […]
बिर्तामोड । झापाको बिर्तामोडमा हालैदेखि सञ्चालनमा आएको नगर अस्पतालको प्रयोजनका लागि थप अर्को नयाँ भवन निर्माण सुरु गरिएको छ । नगरप्रमख पवित्रा महतारा प्रसाईले बिहीबार बिहान वैदिक विधिपूर्वक भवनको शिलान्यास गरेकी छन् । सञ्चालनमा रहेको नगर अस्पतालकै पूर्वपट्टी छेउमा निर्माण हुने ३ तले भवन सुविधा सम्पन्न हुने जनाइएको छ । विभाष इन्टरनेश्नल कन्स्ट्रक्सन एण्ड सप्लायर्स […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेकोे ६० ओटा मुद्धामा ४३ ओटा मुद्धालाई टुड्ग्याएको छ । जसमा चालु वर्षमा १९ थान र अघिल्लो आ.व. दर्ता भई फच्र्योट नभएका मद्धा ११ थान रहेका थिए । फच्र्योट हुन बाँकी १७ ओटा मुद्धा मध्ये ८ मुद्धा विचाराधिन ४ मुद्धा फिर्ता र ५ ओटा मुद्धा मेलामिलाप हुन नसकेपछि दुवै पक्षको सहमतिमा […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. २ र ३ का किसानलाई अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरिएको छ । उन्नत जातको धान प्रोत्साहन गर्ने उद्देश्यले अर्जुनधारा वडा नं. २ र ३ कार्यालय तथा साना किसान कृषि सहकारी संस्था खुदुनाबारीको सहकार्यमा किसानलाई अनुदानमा विभिन्न जातको धानको बिउ वितरण गरिएको हो । साना किसान कृषि सहकारी […]