झापा । नेकपा एमालेले झापाको गौरादह नगरपालिकाको दुवै प्रमुख पद जितेको छ । मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् । एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट काँग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगरका मेयर हुन् […]
झापा । स्थानीय तह निर्वाचन २०७९ बाट भद्रपुर र बिर्तामोड नगरपालिकामा निर्वाचित ५२–५२ जना जनप्रतिनिधिहरुलाई आज छुट्टा छुट्टै विशेष कार्यक्रमको आयोजना गरी निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भद्रपुरमा नवनिर्वाचित नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, १० जना वडाध्यक्ष र ४० जना वडा सदस्य गरी ५२ जना जनप्रतिनिधिलाई प्रमाण […]
झापा । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीमाथि कुटपिट भएको छ। नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिएका उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्। आइतवार बिहान मतगणना सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा नंबर ६ मा कुटपिट भएको उनले बताएका […]
काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत मरिणाम घोषणा हुन सकेको छैन । कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको हो । जसअनुसार नेपाली काँग्रेसले १२४ प्रमुख र […]
झापा । शुक्रबारदेखि रोकिएको झापा गौरादहको मतगणना आजदेखि सुचारु भएको छ । आज बिहानदेखि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत विदुरकुमार कार्कीले बताए । गौरादह वडा नं ७ को अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा एमालेका बलराम खरेल एक मतको अन्तरले विजयी भएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको माग गर्दै गणना अवरुद्ध पारेको थियो । मत […]
विर्तामोड । झापाको विर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा पवित्रा महतरा प्रसाईं र उपप्रमुखमा नगेन्द्र संग्रौला विजयी भएका हुन् । मतगणना परिणाम अनुसार प्रसाईं १६५२० मत सहित विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार भोजराज सिटौलाले १२७६२ मत पाए। संग्रौला १५५८६ मत ल्याएर विजयी […]
भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका नौ वटा स्थानीय तह मध्ये सात पालिका प्रमुखहरुले शुक्रवार सपथग्रहण गरेका छन । जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका मध्ये षडानन्द नगरपालिका र अरुण गाउँपालिका प्रमुख बाहेका अन्य पालिका प्रमुखहरुले मुख्य निर्वाचन अधिकृतसँग सपथग्रहण गरेका हुन । स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष र नगरपालिकाका प्रमुखले […]
झापा । मोरङको रतुवामाइ नगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश्वरप्रसाद सिंह गंनगाई निर्वाचित भएका छन् । एमाले उम्मेदवार दुर्गाबहादुर बिष्टलाई पराजित गर्दै ७४ वर्षीय वृद्ध सिंह मेयरमा निर्वाचित भएका हुन् । उनले १३१३५ मत पाए । एमाले उम्मेदवार विष्टले ११२५२ मत पाए । मेयरमा राप्रपा उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाएका छन् । रतुवामाईको उपमेयरमा दमयन्तादेवी […]
कास्की । पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ । नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले आज शुक्रवार पक्राउ गरेको हो । मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड […]
मोरङ । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्। राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए। उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्। बेलबारीमा कांग्रेसले १,४,६,९,१० […]