काठमा । एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ […]
झापा । प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय […]
झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाएनन् । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित भएका थिए । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर […]
काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ […]
झापा । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन । पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ […]
बिर्तामोड नगरपालिका वडा नम्बर–८ को वडाध्यक्षमा राप्रपाका तर्फबाट अजय कार्की पुनः निर्वाचित भएका छन् । उनी प्यानलसहित निर्वाचित भएका हुन् । १४५० मत ल्याएका अजय कार्कीले नेपाली काँग्रेसका चिरञ्जीवी कार्कीलाई ७१५ को फराकिलो मतान्तरले हराएका हुन् । काँग्रेसका चिरञ्जीवी कार्कीले ७३५ मत ल्याएका छन् । त्यस्तै एमालेका विष्णुप्रसाद भट्टराईले ६६० मत पाएका छन् । वडा […]
झापा । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडा भद्रपुर– १० मा एमालेको प्यानल निर्वाचित भएको छ । उनको मतदान केन्द्र पनि त्यही पर्छ । सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन् । खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । ३ हजार ७६० मत खसेको भद्रपुर ९ मा नेकपा एमालेका सबै उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद दाहालले १,१५२ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी रूपमा […]
काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठुलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो […]
झापा । शिवसताक्षी नगरपालिकाको वडा न.२ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उपविजेता बनेका नेकपा एमालेका प्रदीप चिमरियाले १०४० मत पाएका छन् । वडाध्यक्ष माओवादीले जित्दा बाँकी सबै सदस्य एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका यामबहादुर राई ११८५ , भोजकुमार […]