शिवसताक्षी । गए रातिदेखि स्थगित शिवसताक्षी नगरपालिकाकाे मतगणना कार्य नयाँ निर्वाचन अधिकृत आएसँगै सुचारू हुने भएकाे छ । निर्वाचन आयाेगले मधु पाेखरेललाई निर्वाचन अधिकृत नियुक्त गरि मतगणनास्थलमा पठाए पछि अब मतगणना सुचारू हुने भएकाे हाे । अब सर्वदलीय बैठक बसेर विगतमा भएका गल्ती कमजाेरी र अन्याेल अन्त्य गर्दै मतगणना सुचारू हुने जनाइएको छ । हिजाे […]
झापा । इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरूङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार उदय राई पराजित भएका छन्। कांग्रेसका गुरूङले निवर्तमान गाउँपालिका अध्यक्ष राईलाई पराजित गरेका हुन्। गुरूङले चार हजार दुई सय २३ मत प्राप्त गर्दा एमालेका राईले तीन हजार दुई सय ५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एकीकृत […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको मतगणना प्रभावित बनेको छ। गौरीगञ्ज वडा नम्बर १ मा खसेको मतभन्दा १७३ मत बढी देखिएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिले मतगणनामा धाँधली भएको आशङ्का व्यक्त गरेका छन्। मतगणनामा विवाद उत्पन्न भएपछि हाल गणना स्थगन गरिएको छ। वडा नं १ मा ३८०८ मत खसेको मुचुल्कामा उल्लेख छ। सोमबार बिहान […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकका १० वडामध्ये ३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार दमक वडा नम्बर १, २ र १० का परिणाम सार्वजनिक भएको हो। अहिलेसम्मको नतिजाअनुसार दुईवटा वडामा एमाले र एउटा वडामा गठबन्धन विजयी भएको छ। वडा नम्बर १ मा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने वडाध्यक्षसहित […]
सल्या । सल्यानमा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा २६ वर्षका लोकेन्द्र राना र २२ वर्षका गोपाल बुढा रहेका छन् । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र एमाले गठबन्धनको विजयोत्सवमा आउँदै गरेको गाडीमा करेन्ट लागेको थियो । जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । काठमाडौ महानगरपालिकाको १५ हजार ५५१ मत गणना गर्दा ५१२ मत बदर भएको छ । सोमबार दिउँसो १२ बजे आयोगले दिएको अपडेटअनुसार अहिलेसम्म महानगरको १,२,३,४ र ५ तथा ३१ र ३२ को मत गणना भैइरहेको छ । त्यसमध्ये १ र २ को गणना सकिएको छ । पछिल्लो नतिजाअनुसार महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले […]
झापा । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा नेकपा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरलाई हराउँदै एमालेका अनिल वाग्ले वडा अध्यक्षमा विजयी भएका हुन्। वाग्ले २०४३ मत र बरालले १३५० मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन्। वडा अध्यक्ष निर्वाचित […]
झापा । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ। जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ ।
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका नरेन्द्रकुमार श्रेष्ठले वडा अध्यक्षमा जितेका छन् । वडाको सबै सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका तुलसीप्रसाद खतिवडालाई २८२ मतान्तरले पराजित गर्दै काँग्रेसका श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत ल्याए । त्यस्तै वडाको खुला […]
झापा । गौरादह नगरपालिका वडा नम्बर २ मा गठबन्धनबाट नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । वडा अध्यक्षमा काँग्रेसबाट गोपाल प्रसाद कोइरालासहित प्यानल निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै कोइराला वडा अध्यक्ष जितेका हुन् । कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा […]